वीरगञ्जमा प्रथम श्री जगन्नाथ रथयात्रा भव्यरुपमा सम्पन्न

वीरगञ्ज । वीरगञ्जमा प्रथम श्री जगन्नाथ रथ यात्रा भव्यरुपमा सम्पन्न भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन वीरगञ्ज ) द्वारा प्रथम ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव वीरगञ्जमा बिभिन्न झाँकी र आरतीसहित गरियो । घण्टाघर चोकबाट निस्केको जगन्नाथ रथयात्रामा भक्तजनहरूले राधे राधे, हरे राम हरे कृष्ण कृष्ण हरे हरे, हरे कृष्ण नारायण गोपाल भन्दै नारा लगाएका थिए ।

जगन्नाथ रथयात्रा महामहोत्सवको नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा स्कर्टिङ गरेका थिए । रथयात्रा पर्साका संस्थापकचार्य श्री श्रीमद एसि भक्तिवेदान्त स्वामी प्रभुपादले भने रथयात्रा काठमाडौ, विराटनगर हुँदै वीरगञ्जमा पहिलो पल्ट निकालिएको हो । भारतको उडीसा राज्यको जगन्नाथ पुरीबाट यसको सुरुवात भएको थियो । उक्त रथयात्रा विश्वको कुनै न कुनै स्थानमा १२ महिनै हुँदै आइरहेकोले प्रथम वर्ष मनाउन लागिएको आयोजकले जानकारी दिए ।

प्रतिक्रिया