नेपाल रेडक्रस सोसाइटी रौतहटको छैठो वार्षिक साधारणसभा सम्पन्न

रौतहट । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति रौतहटको छैठो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेश सभापति मोहमद फुल महमद मियाँको प्रमुख आथितमा भएको बार्षिक साधारणसभामा जिल्ला सभापति राजकिशोर प्रसाद यादवले समिक्षात्मक मन्तव्य राखेका थिए ।
जिल्लामा वर्षाको कारण हुने बाढी, डुवान, आगलगी, शितलहरबाट पीडित भएका परिवारलाइको राहतको लागि जिल्ला विपद व्यवस्थापन समितिसंग समन्वय गरी प्रभावकारी रुपले सहयोग गराउने कार्यमा जिल्ला शाखाले नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाएका छन ।

कार्यक्रममा बर्तमान कार्य समितिले रगतको आपूर्तिका लागि बिभिन्न पालिकासंग समन्वय गरी शाखाको सस्थागत बिकास र सेवाग्राहीलाइ निशुल्क रगत उपलब्ध गराउन सम्झौता गर्ने कार्य अघि बढाइएको जानकारी गराइयो ।

कार्यक्रममा शाखाका मन्त्रि धर्मेन्द्र कुमार सिंहले २०७९ साउनदेखि २०८० असारसम्मको बार्षिक प्रतिबेदन तथा प्रस्ताबित कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिबेदनमा संगठनात्मक बिकास, सेवामुलक गतिबिधि, रक्तसंचार सेवाको बिषयमा उल्लेख गरिएको छ । सेवा केन्द्रमा १० पटक भन्दा बढी रक्तदान गरेका रक्तदाता १८ जनालाइ सम्मान गरियो ।
जिल्ला शाखाका कोषाध्यक्ष रामआधार राय यादवले २०८० साउनदेखि २०८१ असारÞसम्मको लागि अनुमति कुल आय ४७ लाख २० हजार ८८९ रुपैयाँ ३२ पैसा र बिभिन्न शिर्षकमा खर्च ३३ लाख ६१ हजार गरी बाकी मौजदात १३ लाख ५९ हजार ८८९ रुपैयाँ बजत हुने अनुमानित प्रस्ताबित आय व्यय पेश गरेका थिए । उक्त प्रतिवेदन बहुमतले पास गर्यो ।

प्रतिक्रिया