रौतहटमा जग्गाको विषयमा झडप : एक जनाको मृत्यु

रौतहट । रौतहटमा जग्गाको विषयमा विवादका क्रममा झडप हुदाँ एक जनाको मृत्यु भएको छ । झडपमा परेरे जिल्लाको दुर्गा भगवती गाउँपालिका– २ भलोहिया बस्ने वर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

जग्गाको विषय लिएर भएको दुई पक्षीय झडपमा दासको मृत्यु भएको छ भने प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ । जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतोबीच शुक्रबार झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए ।

लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया