ललिता निवास जग्गा प्रकरण : यस्तो छ विशेष अदालतको फैसला

काठमाडौं । ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले फैसला दिएको छ । राजनीतिक नेतृत्वलाई जोगाउने गरी आएको उक्त फैसलामा विचौलिया, जग्गा खरिदकर्ता र कर्मचारीहरूलाई सजाय भएको छ ।

विशेष अदालतले पूर्वउपप्रधानमन्त्री विजय गच्छदार तथा पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई सफाइ दिएको छ । मालपोत कार्यालय डिल्ली बजार र भूमिसुधार कार्यालयका तत्कालीन कर्मचारीहरू र बिचौलियाहरूलाई भने विशेषले दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

प्रतिक्रिया