नागरिकको सेवाको लागि उपमहानगरपालिका हर सम्भव तयार छ : नगरप्रमुख साह

बारा । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले नागरिकको सेवाको लागि उपमहानगरपालिका हर सम्भव तयार रहेको बताएका छ्न् । आज कलैया उपमहानगरपालिका वाडा २५ ले खरिद गरेको एम्बुलेन्सको बिधिवत उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, ‘नगरपालिका भित्रको सम्पूर्ण जनताको सेवा नै हामी सबै जनप्रतिनिधिको कर्तव्य रहेको तथा यसमा लाग्न सम्पूर्ण वडाका प्रतिनिधिहरूलाई आग्रह गर्दछु ।’

वडा २५ का वाडध्यक्ष चन्दन पटेलले गरेकाे काम समाजको लागि र साथै वाडाबासीको लागि महत्वपूर्ण रहेकाे साहले बताए । उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका उप प्रमुख रौशन प्रबिन, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, विभिन्न वडाका वडाध्यक्षलगायत साथै सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा वडाध्यक्ष चन्दन पटेलले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।
.

प्रतिक्रिया