सर्लाही । वर्ग संघर्षबाट मात्रै वर्गीय मुक्तिको वैचारिक लाइनलाई उचाइमा पु¥याउन सकिन्छ भन्ने मान्यतामा अडिग नेकपा (माओवादी केन्द्र)का तत्कालीन केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले सहिद घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लेलाई सहिद घोषणा गरेको हो ।
सर्लाहीबाट उठेको मिटरव्याजी तथा ठगी पीडित किसान मजदुरहरूको आन्दोलनको नेतृत्व गरेका वाग्लेको प्रतिगमनकारी कदमको विरुद्धमा बरहथवामा भएको कार्यक्रम सकेर घर फर्कने क्रममा रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनले सर्लाहीमा मिटरव्याजी तथा पीडित किसान मजदुरको आन्दोलनको नेतृत्व गरेका थिए । २०७७ माघ २१ गते प्रतिगमनकारी कदमको विरुद्धमा बरहथवामा भएको कार्यक्रममा मिटरव्याजी तथा ठगीपीडित किसान मजदुरहरूलाई साथमा लिएर सर्लाहीका मिटरव्याजी श्यामकृष्ण साह (श्याम परदेशी) र लालबाबु यादव लगायतयतलाई कानुनी कारबाही गराउने अभियानको उनले नेतृत्व गरेका थिए ।
जनताका हक र अधिकार स्थापित गर्ने सवालमा कहिल्यै सम्झौता नगर्ने निडर एवं सादगी नेता वाग्ले किसान आन्दोलनको पक्षमा दृढतापूर्वक उभिन्थे । बरहथवाको कार्यक्रम सकेर मोटरसाइकलमा फर्कने क्रममा मुर्तियामोड नजिकै रहस्यमय सवारी दुर्घटनामा ज्यान गुमाएका नेता वाग्लेको विषयमा छानविन समितिले अझै वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्न सकेको छैन ।
सर्लाही
प्रतिक्रिया