जसपाले माघ ५ गते वीरगञ्जमा बलिदानी दिवस मनाउने

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) ले माघ ५ गते वीरगञ्जमा बलिदानी दिवस मनाउने भएको छ । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने निर्णय गरिएको जसपाका वीरगञ्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए ।

पुष २१ गते बसेको जसपाको वीरगञ्ज महानगर समितिको बैठकले माघ ५ गते वीरगञ्जको नगरसभा गृहमा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने निर्णय गरेको महानगर अध्यक्ष यादवले बताए ।

नगरसभा गृहमा माघ ५ गते दिउँसो १२ः३० बजेदेखि सुरु हुने बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन जसपा महानगर समितिले पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई अपिल पनि गरेको छ ।

प्रतिक्रिया