सादगी नेता वाग्लेलाई सरकारले गर्यो सहिद घोषणा

सर्लाही । वर्ग संघर्षबाट मात्रै वर्गीय मुक्तिको वैचारिक लाइनलाई उचाइमा पुर्याउन सकिन्छ भन्ने मान्यतामा अडिग नेकपा (माओवादी केन्द्र) का तत्कालीन केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेलाई सरकारले सहिद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले वाग्लेलाई सहिद घोषणा गरेको हो । सर्लाहीबाट उठेको मिटर ब्याजी तथा ठगी पीडित किसान मजदुरहरुको आन्दोलनको नेतृत्व गरेका वाग्लेको प्रतिगमनकारी कदमको विरुद्धमा बरहथवामा भएको कार्यक्रम सकेर घर फर्कने क्रममा रहस्यमय सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनले सर्लाहीमा मिटर ब्याजी तथा ठगी पीडित किसान मजदुरहरुको आन्दोलनको नेतृत्व गरेका थिए ।

२०७७ माघ २१ गते प्रतिगमनकारी कदमको विरुद्धमा बरहथवामा भएको कार्यक्रममा मिटर ब्याजी तथा ठगी पीडित किसान मजदुरहरुलाई साथमा लिएर सर्लाहीका मिटर ब्याजी श्याम कृष्ण साह (श्याम परदेशी) र लालबाबु यादव लगायतयतलाई कानूनी कारबाही गराउने अभियानको नेतृत्व गरेका थिए ।

जनताका जनतान्त्रिक हक र अधिकारलाई स्थापित गर्ने सवालमा कहिल्यै सम्झौता नगर्ने निडर एवं सादगी नेता वाग्ले किसान आन्दोलनको पक्षमा दृढतापूर्वक उभिन्थे । आफ्नै मोटरसाईकलमा बरहथवाको कार्यक्रम सकेर फर्कने क्रममा मुर्तियामोड नजिकै रहस्यमय सवारी दुर्घटनामा ज्यान गुमाएका नेता वाग्लेको विषयमा छानविन समितिले अझै वास्तविकता पत्ता लगाएर सार्वजनिक गर्न सकेको छैन ।

प्रतिक्रिया