हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपूर्ण : प्रदेश सांसद यादव

सप्तरी । मधेसका प्रदेश सांसद अनिरुद्व कुमार सिंह यादवले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपूर्ण पाठ भएको बताएका छन् । सप्तरीको बोदे बरसाइन नगरपालिका ९ देउरीमा रहेको श्री जनता आधारभूत विद्यालय देउरीको ५६औं बार्षिकाेत्सव कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

शैक्षिक सुधारका लागि विभिन्न महत्वपुर्ण काम भइरहेको छ र हाम्रो क्रम जारी नै छ।त्यसमा सहकार्य गर्नको लागि आफूहरु निरन्तर लागि परेको सांसद यादवले बताए । देउरीको सिमरहा गाउँमा रहेको यो विद्यालयले विद्यार्थी गाउँमा लगेर पठनपाठन गराउन सफल भएको बताए ।

वार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजदेब यादवले आगामी दिनका भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई नगरपालिकाकै एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताए ।

कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमका विशिष्ट अतिथी बोदे बरसाईन नगरपालिकाकी कार्यवाहक नगर प्रमुख रेणु कुमारी साह, प्राज्ञ नेपाल प्रतिष्ठानका सदस्य डा. सुर्य नारायण यादव , निमित्त वडाध्यक्ष धनिकलाल यादव लगायत सयौं संख्यामा अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।

प्रतिक्रिया