काठमाडौंमा जुवाखालबाट ४ लाख ९२ हजार नगदसहित २२ जना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरूसहित २२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आवद्ध दुई जना अभियन्तासमेत छन् ।

राजधानीको ठूलो भर्‍याङ क्षेत्रबाट पक्राउ परेका उनीहरूको साथबाट ४ लाख ९२ हजार नगदसमेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

हाइप्रोफाइल व्यक्तिहरू पक्राउ परेकाले उनीहरूलाई छाड्न तीव्र दबाब आइरहेको प्रहरी अधिकारीकाे भनाइ छ ।

प्रतिक्रिया