मुगुमै पहिलाे पटक अक्कुपञ्चर सेवा सुरू

मुगु । मुगु जिल्लामा धन्नन्ततरी तथा राष्ट्रिय आरोग्य दिवसको अवसरपारी जिल्लामा पहिलो पटकपट अक्कुपन्चर सेवा सुरु भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले पहिलो पटक मुगुमा अक्कुपञ्चर सेवा थालनी गरेको हो । राष्ट्रिय आरोग्य दिवसको अवसरपारी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबारबाट आफनो कार्यालयबाट प्रदान गरिदै आएका सेवा मध्ये पहिलो पटक अक्कुपञ्चर सेवा थालनी गरेको हो ।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र बाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका प्रमुख लक्ष्मिप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्र मुगुबाट दिईने सेवा मध्ये पहिलो पटक यो सेवा थालनी गरिएका सबै सेवा निशुल्क छन् । यो सेवा पनि निःशुल्क हुन्छ । यो सेवा विदाका दिन बाहेक अन्य सबै दिन हाडर्जोनी तथा नसा रोग बिरामीकालागी प्रदन गरिने बताए । दैनिक नि:शुल्क सेवा गरिने बताए । शनिबारबाट सुचारु गरिएको उक्त सेवाको उद्घाटन कणाली प्रदेशका सासंद एव निवर्तमान उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले उदघाटन गरेका थिए ।

उक्त कार्यक्रममा सांसद मल्लले एलोपेथिक बिधीको मुख्य जड होमपेथिक बिधी भएकाले आयुर्वेदिकको ठुलो महत्व छ । मुगु आफैमा जडिबुटीको ठुलो सम्भवान भएको जिल्ला भएकाले जडिबुटीको संरक्षण गरी बिभिन्न रोगका औषधी उत्पादन गरेर सेवाग्राहीलाई आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिन तिनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

शनिबारबाट थालनी गरेको अक्कुपञ्चर सेवा एक पटकमा चारदेखि पाँच जनासम्मलाई सेवा दिन सकिने बताइएकाे छ । जिल्लामा अकुपञ्चर सेवा नभएपछी यो सेवा लिनकैलागी हाडर्जोनी तथा नसा रोगका बिरामी ५० हजार भन्दा बढी खर्च गरेर काठमाडौं, नेपालगन्ज र सुर्खेत लगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो । यो सेवा नियमित भए आफूहरु जस्ता हाडजोर्नी तथा नसा रोगका बिरामीहरुले निशुल्क सेवा पाउदा ठुलो राहत महसुस भएको अक्कुपञ्चर सेवा लिन आएका सोरु गाँउपालिका–१ का हरि शाहीले बताए ।

प्रतिक्रिया