काठमाडौं । डिलर शशिला मोटर्स प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाली बजारमा ल्याएको छ । चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरी सो गाडी नेपालमा ल्याइएको हो । हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ ।
हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासंगै शशिला मोटर्स् प्रालि. हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ । सुरुमा प्रालिले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया