उकालामा उभिएको बन्दीपुर बजार

पुराना धेरै घर भएको पुरानु बन्दीपुर बजार शान्त, सफा, सुन्दर र मनभावन लाग्यो मलाई । यति सुन्दर पुरानु बजार मैले अन्यत्र देखेको थिइनँ । मलाई लाग्छ न यति सुन्दर पुरानु बजार मैले अन्यत्र देखेको थिइनँ । मलाई लाग्छ नेवारी संस्कृतिलाई जोगाएर राख्ने नेपालको एक मात्र सहर बन्दीपुर नै हुनुपर्छ । घरको खाँवोमा बिहानै उठेर बुहारीले रातोमाटोले लिपेजस्तो लाग्ने घरका भुइँ र खम्बाका फेदहरू ——-

जन्मिँदै बोकेर ल्याएका पाउहरूले टेकेर हिँड्दैछौँ । साँझ परिसक्यो । अँध्यारो भएको छैन । अलिकति तेर्साे हिँडेपछि, अलिकति उकालो चढेपछि पर लमतन्न सुतेको टुँडिखेल देख्याँै । मैले देखेँ । टँुडिखेल र मैले हेराहेर ग¥यौँ । मलाई लाज लाज पो लाग्यो । नववधुलाई पहिलोपटक देखेजस्तो सकपकाएँ म । मानव वितृष्णा व्यापक हुन्छ । वितृष्णाले जन्माएको तृष्णामा लम्पसार परेर मान्छे इहलोकमा विचरण गर्छ । बुभुक्षा शान्त पार्न खोज्छ । कसैले भोक भेटाउन सक्छ । कसैले सक्दैन ।

२०७४ मंसिर २८ । अहिले दिउँसोको तीन बजेको छ । चिया खाँदैछौँ ।

बन्दीपुर जाने ? आफ्नो गाडी छँदै छ ।

जाने नि !

‘आजसम्म म त्यहाँ पुगेको छैन । राम्रो छ भन्छन्’, म ।

‘आज बन्दीपुर बसौँ । हेरौँ । घुमौँ । भोलि घले गाउँ जाउँला । हुन्न ?’

‘आहा ! कति मज्जाको प्रस्ताव’ भनेँ मैले ।

चितायो कि बितायो । बन्दीपुर जाने नै भयौँ । म मख्ख परेँ ।

मूल सडक छोडेर बन्दीपुर दर्शन गर्न ठाडो उकालो बाटोतिर लाग्यौँ । लण्ठु म, गाडी चलाउन जान्दिनँ । श्रीमतीकै भरोसामा थिरिथिरि नानी थिरिथिरी गर्दैछु । भोग्दैछु जीवनका भुक्तमानहरू । उनी उकालामा गाडी कुदाउँदैछिन् । उकालामा भित्तो छ । भित्तामा घाँस, रुख, ढुंगा छन् । लहलह छैन वन । बालुवा पो छ त भित्तामा । कुइक्क घुम्दछ बाटो । यताबाट उता । उताबाट माथि । माथिबाट झन् माथि । म तल पानी देख्छु । गाडी कुदेको हेर्छु । लहलह हुन्छ मन । रमाइलै रमाइलो । माथि डाँडामा पुग्यौँ । राम्रो ठाउँ रहेछ ।

‘बसौँ है एक छिन ?’, म ।

‘हुन्छ’ साथीहरू ।

साथीहरू चौतारमा बसेर गफ चुट्न थाले । पर वरपीपलको रुखमुनि धारोजस्तो पाइपबाट पानी झरीरहेको देखेँ । हौ, झ्याम्म वर पीपल । हेरौँ हेरौँ लागिरहने ।

त्यहाँ गएर पानी खाएँ । एक अञ्जुली । मीठो रहेछ । नजिकैको छाप्रे घरको आँगनमा दुईजना बाहरू र एक आमै भलाकुसारी गरिरहेको देखेँ । नजिकै गएँ ।

सोधेँ, ‘यो ठाउँलाई के भन्छन् ?’

बन्दीपुर, छाप गाउँपालिका पी घर ।

ए, भने ।

अनि साथीहरू बसेतिर लागेँ ।

के भनेको होला पी घर ? पी घरको अर्थ के होला ?

एक्लै छु । ऊ पर छन् चौतारामा साथीहरू । बोल्दैन पी घर । शान्त, मनोरम, आह्लादकारी
लाग्यो छाप गाउँपालिका । मान्छे नै छैनन् । को बोलोस् । फेरि उकालो लाग्यौँ ।

बोर्डमा पढेँ । बाख्रा अनुसन्धान केन्द्र । अलि पर पुगेपछि ३०–४० वटा जति बाख्राका सन्तान आए । बाटै बाटो ।
मनैमन भनेँ, ‘यिनैको अनुसन्धान गर्ने होला ।’

जाँदैछौँ । हेर्दैछु । चिल्लो छ रोड । हन, यो रोडमा किन तेल घसेको होला । हेर्छु यता उति ।

के को तेल घस्नु नि ! ओसिलो पाटो । घाम नलाग्ने भएकाले सधैँ शीत झरेर बाटो चिल्लो

देखिएको पो रहेछ ।

गाइड थिएन हामीसँग । दर्शक हामी । प्रदर्शक हामी । गाइड हामी । आँखाहरू सुन्दर गाइड । फुत्तै हाम्रो गाडी बजारभित्र पस्यो ।

आयो बन्दीपुर ?

आयो ।

‘डुम्रेबाट बन्दीपुर कति कि.मि. ?’ सोधेँ कुनै ड्राइभरलाई ।

उसले भन्यो, ‘नौ कि.मि.’

‘ए, हो र ? हामी त एकैछिनमा पो आइपुग्याँै त ।’

ऊ हाँस्यो । उकालामा उभिएको बन्दीपुर बजार । गाडी पार्किक गर्ने ठाउँ कता ? तेर्सै तेर्सै पिचैपिच अलि पर गयौँ । एकछिन उभियौँ । मैले चारैतिर हेरेँ । तल डरलाग्दो खोँच देखिन्छ । भिरैभिर ओरालो झर्दै तलसम्म पुग्छन् मेरा आँखा । फनक्क फिरेर फेरि अघिकै ठाउँमा आइपुग्छन् ।
सडकबाट माथि हेर्छु । अग्लो न अग्लो डाँडो । पाखो । भिर । पहरो देखिन्छ । पहरामा छैन केही । ढुंगा अनि कतै कतै एक फुटे घाँस ।
साँझका घाम छन्, पाखैभरी मान्छे देखिन्न । शून्य, शून्य । फर्कौं । बास वस्ने होटल खोजौँ । पछि डुलौला ।

हुन्छ ।

फर्कियौँ । बजार नजिकै गाडी राखेर होटल खोज्न थाल्यौँ । हिँड्दाहिँड्दै सडकमुनि देखेँ ।

विनय चर्च ।
एउटा हे¥यो । मन परेन । अर्को हे¥यो पैसा मिलेन । अरू खोजौँ । हुन्छ ।

सहरभित्र पस्यौँ । आहा शान्त मन्दिरको प्रांगणमा डुलेजस्तो लाग्यो । जाँदैछौँ । ओरालो

झर्दैछौँ । अब सम्म आयो । ढुंगा छापेको छ सबैतिर ।

भुइँ त माटो नभएको शिव नगरी कैलाश पो देखेँ बन्दीपुर बजार ।

सेते सेतीको एक जोडी लफ्¥याङ लफ्¥याङ हिँड्दै छ । भुइँमा एक हुल परेवा भुर्रर उड्दैछन् ।

खाँदैछन् । पर्यटकहरूलाई पंखा हम्किदिँदैछन् । ठूलो बाटो होइन आँगन हो घरको । त्यस्तै लाग्छ बजार ।

पुराना धेरै घर भएको पुरानु बन्दीपुर बजार शान्त, सफा, सुन्दर र मनभावन लाग्यो मलाई । यति सुन्दर पुरानु बजार मैले अन्यत्र देखेको थिइनँ । मलाई लाग्छ न यति सुन्दर पुरानु बजार मैले अन्यत्र देखेको थिइनँ । मलाई लाग्छ नेवारी संस्कृतिलाई जोगाएर राख्ने नेपालको एक मात्र सहर बन्दीपुर नै हुनुपर्छ । घरको खाँवोमा बिहानै उठेर बुहारीले रातोमाटोले लिपेजस्तो लाग्ने घरका भुइँ र खम्बाका फेदहरू । (तर माटो होइन तर माटो होइन रंग दलेको)

बजारभित्र गाडी पस्न नपाउने व्यवस्था । आज पनि यो संभव छ र ? रहेछ गाडी, मोटरसाइकल, साइकल केहीको हर्न बज्दैन । हिँड्दा हिँड्दै मैले साथीलाई भनेँ, ‘डेरा लिएर दुई–चार महिना यतै बसौँ कि जस्तो पो लाग्यो मलाई ।’

दि क्याफेमा दुई–चार विदेशी पिउँदैछन् । इँटा र ढुंगाको भुइँमा हिँड्दै गर्दा मलाई सिक्किम बजारको याद आयो । उस्तै छ । सिक्किममा मान्छेको भिड । यहाँ शान्ति नै शान्ति । वल्लो छेउबाट पल्लो छेउनिर पुगेपछि, बैदार बाको घरमा बास माग्याँै । बजारभित्र । बा कि हँसिली अधवैँसे नातिनी बुहारीले पैसा घटाइदिइन् । त्यही बस्ने भयौँ ।

म उभिएँ । हेरेँ । बाको घरै अगाडिको पद्म पुस्तकालय । त्यही छ विन्ध्यवासिनी देवीको मन्दिर । एक–दुई मान्छे हिँड्दै छन् । डोकोमा साग बोकेर यता आउँदैछिन आमै ।

‘भित्र जाने होइन ?’ जाने नि ।

भित्र पस्ने बित्तिकै बेकरीको वास्ना आयो । माथि लज । तल बेकरी बनाउने यस्तै रहेछ ।

भ¥याङबाट माथि चढ्यौँ ।

ठोकिएला । होस गरेर जानुस् । हुन्छ ।

माथि चढेर भुइँ हेर्दा त कति सफा कति । मेरो दिग्लाको घर पनि यस्तै हो । माटोले लिपेको काठ र ढुंगाले बनेको । तर यो सफा छ । रब पोतेर नयाँ बाथरुम बनाएर चिटिक्क पारेको । लिपिस्टक पाउडर लाएर फुरुंग परेकी नानीजस्तो घर । लिपिस्टिक पाउडर लाएर फुरुंग परेकी नानीजस्तो घर ।
सामान राख्यौँ । कोठामा साँचो लायौँ । घुम्न निस्कियौँ ।

टँुडिखेलतिर घुम्न जाने होइन ?

जाने नि !

बा कि बुहारीले यताबाट जानुस् । छोटो र सजिलो हुन्छ भनिन् । हामी त्यसै बाटोबाट हिँड्दैछौँ । हौ के विधि रमाइला चिटिक्क घर । म दुई हप्ताअघि मात्रै बैंकक डुलेर फर्केको मनुवा हुँ । त्यहाँका घर देख्दा यति राम्रा घर त संसारमै हुन्न होलाजस्तो लाग्थ्यो ।

अहिले बन्दीपुर बजारका घर देख्दा मनमा आयो यति मज्जाका घर त अन्यत्र छैनन् होला । हामी गाडीघरमा गाडी थन्काएर टुँडिखेल जान ओरालो झर्दैछौँ । ओरालो सकिएपछि खोल्सो आयो । खोल्सामाथि होटलमुनि १०–१२ वटा टेन्ट घर देखेँ । होटलले डलर साट्न बनाएका होलान् यी टेन्टहरू भन्ने लाग्यो मनमा । टेन्टमाथिका होटलको नाम पढेँ, ‘बन्दीपुर गेस्ट हाउस’ । गेष्ट हाउसमाथि लहरै उभिएका पाँच वटा पीपलका बोट देखेँ । उकालो चड्दैछौँ पिच सडकमा ।

जन्मिँदै बोकेर ल्याएका पाउहरूले टेकेर हिँड्दैछौँ । साँझ परिसक्यो । अँध्यारो भएको छैन । अलिकति तेर्साे हिँडेपछि, अलिकति उकालो चढेपछि पर लमतन्न सुतेको टुँडिखेल देख्याँै । मैले देखेँ । टँुडिखेल र मैले हेराहेर ग¥यौँ । मलाई लाज लाज पो लाग्यो । नववधुलाई पहिलोपटक देखेजस्तो सकपकाएँ म । मानव वितृष्णा व्यापक हुन्छ । वितृष्णाले जन्माएको तृष्णामा लम्पसार परेर मान्छे इहलोकमा विचरण गर्छ । बुभुक्षा शान्त पार्न खोज्छ । कसैले भोक भेटाउन सक्छ । कसैले सक्दैन ।

टुँडिखेल दृश्य चित्र ः टँुडिखेलको एक छेउबाट सडक उकालो लाग्छ बस टुँडिखेल दृश्य चित्र ः चारैतिर । हामी त्यही छौँ सडकमा । मैले हेरेँ । देखेँ । होइन एकटक हेर्दैछु । पर्खाल आयो ढुंगाको । पर्खालसँगै गोलो पोखरी देखियो पानी नभएको । त्यसै पोखरीभित्र सानु अर्को पोखरी देखेँ त्यो पोखरीलाई पनि पर्खालले घेरेको छ । त्यहाँ पनि पानी छैन ।

सानु सुक्खा पोखरीमा सानु मज्जाको घैटो छ । घैटाभित्र पानी छ कि छैन । थाहा भएन । छेउबाट हामी चारै जना टुँडिखेलभित्र पस्यौँ । डिलैडिल हिँड्दैछौँ । लाम्चो टुँडिखेलको चारैतिर अन्दाजी ६ फिटको बाटो छ । बाटोमा ढुंगा छापेको । छापेका चिल्ला ढुंगामा टेक्दै हामी गइरहेका छौँ । पस्ने बित्तिकै अग्ला, झ्याम्म ६ वटा पीपलका बोट देखेँ । हामी पछिपछि चार जना ५० जतिका मान्छे आए । हामीतिर हेरेर सोधे ।

‘त्यो हिमालको नाम के होला ? यहाँ लेखेर राखेको भए आउने सबैले जान्ने थिए होला ?’

मैले भनेँ, ‘हो, तपाईंले भनेको ठीक हो । हिमालको सामान्य चिनारी दिएको भए राम्रो हुने थियो ।’

मैले हिउँतिर हेरेँ । कहिल्यै खान नपुग्नेले अगाडि थालभरि खिर देखेजस्तो । मेरो मुखबाट थुक पानी झर्न थाल्यो । म पग्लिएँ । मेरा आँखा, मन, अन्तस्करण सबै पग्लिएर बन्दीपुरको टुँडिखेलभरी बग्न थाले ।

सुन्दर हिमाल देखेर मेरा आँखाबाट हर्षाश्रु झर्न थाल्यो । शान्त, ज्ञानी, धुरन्धर शास्त्रवेत्ता महापण्डित जस्तो ज्ञान निस्णात हिमाल बन्दीपुरको टुँडिखेलतिर हेरेर मुसुमुसु हाँसिरहेको देखेँ । जति हे¥यो उति त्यो हिमाल सुन्दर, अझ सुन्दर, झन् सुन्दर लाग्यो ।

भनेकै छ,

‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रुपं रमणीयतामा ।’

(प्रत्येक क्षण नयाँ नयाँ लाग्ने कुरा नै सौन्दर्य हो । )

फर्कौं रात प¥यो । साथीहरू

‘हुन्छ’, म ।

कुनै नचिनेको मान्छेले उसको साथीलाई यसो भनेको सुनेँ, ‘डुम्रेबाट बन्दीपुर आउन अचेल गाडिमा नौ कि.मि. हिँड्नुपर्छ । पहिले डुम्रेबाट बन्दीपुर हिँडेर आउँथे मान्छे । हिँड्न सक्नेलाई डुम्रे–बन्दीपुर आधा घण्टा मात्रै हो । अचेल पनि हिँड्न सक्नेहरू ढुंगा छापेको त्यो बाटोमा लुखुर्लुखुर् हिँडेर आधा घण्टामा बन्दीपुर बजारमा आइपुग्छन् ।’

दिङ्लामा ठुइँकि ठुइँ उकालो चढेको झझल्को आयो । कुरा सुनेर ।

बैदार बाको घरमा÷होटेलमा पुग्यौँ । खाना पाकिसकेको रहेछ । गयौँ । बस्याँै । खायौँ । मीठो । आमाले दिङ्लामा चुलो नजिकैको चौकामा झर्के थालमा पुनिउँले भात पस्किदिएको याद आयो ।

ओछ्यानमा सुतेर खाटमाथिको दलिनतिर हेरेँ । दलिनमा कालो रब पोतेको । धुलो नझरोस् भनेर दुई दलिनका बीचमा माटोले लिपेको उस्तै, दिङ्लाको मेरो घरजस्तै । हो त मलाई दिङ्लाको मेरै घरमा सुतेजस्तो लाग्दै छ । भित्तो, भुइँ सबै उस्तै देख्छु ।

राती मज्जाले निद्रा लाग्यो । बनारसबाट दिङ्ला पुगेर बा–आमाको कोठा नजिकै खाटमा सुतेजस्तो भुसुक्कै निदाएँ । भइ त गो उज्यालो बिहान ।
नारायणजी र म मात्रै घुम्न निस्कियौँ । विन्ध्यवासिनी देवीको मन्दिर घुम्यौँ । पूर्ण परिक्रमा ग¥यौँ । म उत्फुल्ल भएँ । मन्दिरसँगैको घरतिर देखाएर यो कसको घर हो ? भनेर नारायणजीले त्यहीँको मान्छेलाई सोध्नुभयो ।

उसले भन्यो, ‘कुसुम श्रेष्ठको ।’

को कुसुम ? उही पुतली सडकवाला वकिल हो भनेर मैले सोधेँ ।

तेर्सो लाग्यौ ढुंगा छापेको भुइँमा टेक्दै । पुराना घर । त्यति सफा देखिन्न । त्यही रहेछ नोट्रेडम स्कुल ।

नारायणजीले भन्नुभयो, ‘यो नेपालको प्रसिद्ध स्कुल हो । यसका विद्यार्थी बोर्ड फस्ट भएका थिए । यसको सञ्चालन विदेशीहरू गर्छन् ।’ स्कुलसँगै देखेँ चर्च घर ।

फर्कियौँ ।

हामी पुग्दा महिलाहरू बाहिर निस्किएर हामीलाई खोज्दै हुनुहुँदोरहेछ । चारै जना खड्ग मन्दिरतिर लाग्याँै । गेट । खुड्किला । उकालो । खुड्किलामा इँटा छापेका । ठुइँठुइँ गयौँ ।

शिरानमा पुग्यौँ । मन्दिर अगाडि मन्दिरलाई रुगेर बसेका झ्याम्म वरपीपलका बोट देखेँ । मन्दिरभित्र ठूलो आँगन । खाली खाली रहेछ । त्यहाँ मौलो रहेछ मेरो कुम कुम आउने । मन्दिरमा ढोका लाएको रहेछ । घुम्यौ फर्कियौँ ।

वरपीपल छेउमा उभिएर खिचेका फोटामा बन्दीपुरको सुन्दर दृश्य देखियो ।

होटलमा आयौँ । त्यहाँ पाइने यथेष्ट ब्रेकफास्ट ग¥यौँ । ब्रेकफास्ट गर्दागर्दै मैले साहुजीलाई सोधेँ, ‘ई. मोहन कायस्थलाई चिन्नुहुन्छ ?’

‘चिन्छु । काठमाण्डुबाट यहाँ आइरहनुहुन्छ ।’

पोहोर किताब पनि बाड्नुभएको थियो ।

घर ऊ पर छ भनेर आँैलाले देखाए ।

फेरि सोधेँ, ‘मुरारी मोहनलाई चिन्नुहुन्छ ।’

अनकनाउँदै भने, ‘खोइ याद आएन ।’

हामी गाडी भए ठाउँमा आयौँ । गाडीको सिट पुछ्दापुछ्दै माथि डाँडातिर हेरेँ । बजार माथि, अग्लो पहरो । पहराको थाप्लामा झ्याम्म वन ।
मैले सोधेँ, ‘त्यो डाँडामा के छ ?’

उसले भन्यो, ‘त्यहाँ थानमाईको मन्दिर छ ।’

शीतले नुहाएको गाडी सुकेपछि हामी लम्जुङको घले गाउँतिर लाग्यौँ ।

पर्यटनका थुप्रै सम्भावनाहरू देखेँ बन्दीपुरमा । म १५–२० दिनअघि भियतनाम, कम्बोडियातिर घुमेर फिरेको हुँ । भियतनामको युद्ध टनेल, क्रुज र गुफाले थुप्रै डलर तानेको देखेँ ।

कम्बोडियामा सयौं बुद्ध मूर्ति हेर्न विदेशीहरू ओइरिएको देखेँ ।

यति सुन्दर बन्दीपुर ।

के यहाँ सधैँ ब्रेन ड्रेन मात्रै गरिरहने ।

साहुजीहरूलाई चितवन र काठमाडौं पठाइरहने । गर्नुस् । हुन्छ ।

संभावनाको खानी हो बन्दीपुर ।

डलर ओइरिन्छ ।

प्रतिक्रिया