प्रतिनिधिसभाको बैठक बस्दै, प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सम्बाेधन गर्ने

काठमाडाैं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । यो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो समय सरकारका गतिविधि, देशको अर्थतन्त्र र सामाजिक अराजकता बढिरहेका बेला प्रतिपक्षी नेताले सदनमा बोल्न समयमा मागेका हुन् ।

त्यसैगरी यो बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ ।

प्रतिक्रिया