सागर र सरिता उत्कृष्ट

काठमाडौं । चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघुचलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रिएसन प्रालि र स्टार वान इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित फेस्टिभलमा एक दर्जन लघुचलचित्रबाट ‘संघर्ष’ उत्कृष्ट भएको हो । यसैगरी, चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको अवार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डे र उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हात पारे ।

यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड ‘कहानी एकादेशको’ बाट सागर लम्साल बलेले जितेका छन् भने उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘प्रवासीको जीवन’ बाट अभिनेत्री सरिता लामिछानेले हात पार्न सफल भइन् । उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड ‘ए हिडन लाइफ’ बाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘दुर्गमण्डु’ बाट माधव राज खरेलले हासिल गरे । अवार्डको निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता वीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए ।

प्रतिक्रिया