एमाले कोशी प्रदेशको सचिवमा भण्डारी विजयी

पाँचथर । नेकपा (एमाले) कोशी प्रदेशको सचिव पदमा पाँचथरका राजकुमार भण्डारी विजयी भएका छन् ।
उनका अर्का प्रतिस्पर्धी सचिव पदका शैलेस लामालाई १सय ४३ मतान्तरले हराउँदै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले ५ सय २४ मत प्राप्त गर्दा लामाले ३८१ मत पाए । सचिव भण्डारी टिमका अध्यक्षमा निर्वाचित घनश्याम खतिवडाको समूहबाट चुनावी मैदानमा उत्रिएका थिए ।

त्यस्तै गरी प्रदेश कमिटिको सदस्यमा पाँचथरबाट सात जना सर्वसहमति मा चयन भएका छन् । नरेन्द्रकुमार बस्नेत, धनकुमार फियाक, भुवानीप्रसाद लिङ्देन, गोविन्द तामाङ, आशारत्न, जवेगू , बौद्धिक व्यक्तित्व करुणा राई र दिने श्रेष्ठ लगायत निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ ।

उक्त सचिव पदमा भण्डारी आन्तरिक घेराबन्दी का बावजुत निर्वाचित हुने एमाले पाँचथर जिल्ला काठमाडौं सम्पर्क मञ्च केन्द्रीय अध्यक्ष दिनेश खतिवडाले बताए ।

प्रतिक्रिया