लमजुङमा वडाध्यक्षले गरे डाक्टरमाथि हातपात : अस्पतालले दियो प्रहरीमा जाहेरी

मजुङ । लमजुङमा वडाध्यक्षले डाक्टरमाथि हातपात गरेका छन् । गएराति ११ बजेको समयमा जिल्ला अस्पताल लमजुङका डाक्टर सन्दीप अधिकारीमाथि हातपात भएको हो ।

अस्पतालको वार्डस्थित नर्सिङ स्टेशनमा खटिएका डाक्टर अधिकारीमाथि बेसीशहर नगरपालिका–७ का वडाध्यक्ष ऋषि बस्नेतले हातपात रेको अस्पतालले जनाएको छ । आमाको उपचारका लागि अस्पताल पुगेका वडाध्यक्ष बस्नेतलाई बिरामी भर्नाका लागि मञ्जुरीनामा गर्न सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न अस्वीकार गरेका थिए ।

सोही क्रममा यसै विषयमा विवाद हुुदा ड्युटीमा खटिएका डाक्टरमाथि वडाध्यक्ष बस्नेतले हातपात गरेको लमजुङ अस्पतालका मेसु (मेडिकल सुपरिटेडेन्ट) डाक्टर विशाल तिवारीले बताए । तिवारीले अस्पतालमा बिरामी भर्ना गर्दा आफन्त वा बिरामीले मञ्जुरीनामा गर्नुपर्ने प्रावधान भएकाले मञ्जुरीनामा गर्न लगाइएको बताए ।

डाक्टरमाथि हातपात भएको भन्दै बस्नेतविरुद्ध डाक्टरसहितको ड्युटीमा रहेको टिमले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको अस्पतालले जनाएको छ ।

यसै विषयमा अस्पतालले दिएको जाहेरी बिरामी भर्नाका लागि मञ्जुरीनामा गर्ने विषयमा विवाद हुँदा डाक्टरमाथि हातपात भएको विषय आफूहरुमाझ आएको र कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढ्ने जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए ।

प्रतिक्रिया