साफ यू–१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल खेलमा माल्दिभ्सलाई ४–१ गोलले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार (आज) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समुह ‘ए’ को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको छ । योसँगै समूह ‘ए’ बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग खेल्नेछ ।

आजै हुने समूह ‘बी’ को अन्तिम खेलमा भारत र भुटान भिड्दैछन् । पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ अंकमा समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । पाकिस्तानसँग बराबरी गरेको मालदिभ्स १ अंकमा तालिकाको पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ ।

नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे । खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो ।

खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो । त्यसको दुई मिनेट पछि नै निराजन कै प्रहार क्रसबारको थौरैमाथिबाट बाहिरियो । खेलको १७औँ मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको २७औँ मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए । २९औँ मिनेटमा निराजन धामीको थ्रु पासमा पासमा समिर तामाङको उत्कृष्ट गोलमा नेपालले अग्रता दोब्बर पार्यो । खेलको ३४औँ मिनेटमा नेपाल र मालदिभ्स १० खेलाडीमा सीमित भए ।

नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड खाँदै मैदान छाडे । मालदिभ्सका खेलाडीको लङ क्रस प्रहार अफ बलमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए । त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रिले सिधै रातो कार्ड देखाएका थिए ।

खेलको ८८औँ मिनेटमा प्रशान्त लक्सामको क्रसमा निराजन धामीले गोल गर्दै नेपाललाई ३–१ को अवस्थामा ल्याए । इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । दीपक थापामगरको क्रसमा समिरले हेडर गोल गरे । नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे ।

प्रशान्तले १६औँ मिनेटमा गरेको लङ रेञ्ज प्रहार पोस्टको माथिल्लो भागबाट जाली चुम्न पुगेको थियो । यस्तै २९ मिनेटमा समीरले निराजन धामीको थ्रो पासमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । तर ५७औँ मिनेटमा माल्दिभ्सले १ गोल फर्कायो ।

८८औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ३–१ ले जिताए । खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो । त्यसको दुई मिनेट पछि नै धामीले दायाँबाट हानेको बल पोष्ट माथिबाट बाहिरियो ।

प्रतिक्रिया