आहा ! दिव्य सौन्दर्य । कृष्ण बीचमा छन् । अघिपछि गोपिनीहरू । रासलीला देखाउँदैछन् । झिल्के कृष्ण । लज्जावती झार बनेका तरुनीहरू मस्किँदै छन् । राराको पानीभित्र कृष्ण र गोपिनीहरू देखेर म छक्क परेँ । हिँड्दै गयौँ । उनले पानीमा हेर भने । मैले हेरेँ । अर्को ठाउँको पानीभित्र देवदारु सल्लोको छाया देखेँ । हेर्दाहेर्दे त्यो छायामा शिव र पार्वती देखेँ । सोध्न परेन मलाई । कैलासबाट निस्किएर शिव र पार्वती राराको पानीमा लडिबुडी खेल्दै रमाइरहेका छन् भन्ने पक्का भो मलाई । एकछिन हिँडेपछि उनले मलाई भने, ‘त्यता हेर ।’ म पानीमा हेर्न थालेँ । आहा गज्जबको पो त छ दृश्य , (रत्न गर्भ) पानीको पिँधमा माटाका ठूला ठूला घैटाहरू छन् । प्रत्येक घैटा भरी भरी देखिन्छन् । के कुरा छ घैटामा भनेर नियालेर हेरेँ । एउटा घैटामा सुन, अर्कोमा हिरा, अर्कोमा मोती, अर्कोमा सिक्काहरू देखेँ मैले राराको सुवर्ण जल लोकमा ।
भइ त गो उज्यालो कोठाबाट निस्किएर बार्दलीमा गएँ । त्यहाँबाट राराको पानी देखिँदो रहेछ जल सौन्दर्य । मधुरो उज्यालोमा फिरफिर नाच्दै गरेको देखिन्छ पानी । सुन्दर राराको सुन्दर पानीमा सुन्दर हरिया बनौषधिहरूको सुन्दर छाया मुस्कुराउँदैछ । हल्लिदैछ । संझिएँ मैले दिनमा राराको पानीले तीनपटक रङ बदल्छ अर्थात् बिहान, दिउँसो, बेलुका राराको पानी अलग अलग रङ हुन्छ । यसो भन्थे रारा पुगेकाहरू ।
हेर्नुप¥यो नजिकैबाट भनेर हिँडेंँ । साथीहरू उठेका रैनछन् ओछ्यानबाट । म एकछिनमा आउँछु भनेर तालतिर लागेँ । नजिकै थियो । पुगेँ । पानीमा पैसा चढाउनुपर्छ भनेर अरुण तर्दा बाले सिकाएको संझिएँ । गोजीमा ढ्याके पैसा रैनछ । पाँचको नोट चढाएँ पानीमा । पानी सेचन गरेँ शीरमा । के हो यो पानी ? नवरसको आस्वाद मिसिएको, सुरिलो स्वरले गाएको गीतको झंकारजस्तो लाग्छ राराको पानी । थोरै हुन्छ भन्थे अमृत । अमृतभन्दा उच्च राराको पानी कति धेरै ।
यसो हेरेँ । मेरो नजिकै एक जना बौद्ध भिक्षु पानीतिर फर्र्किर ध्यान गर्दै रहेछन् । उनी जस्तै मौन बसेँ म । ध्यान होइन चिन्तनमा चुर्लुम्मै डुब्दै छु म ।
भिक्षु र मेरो संवाद ः एकछिनपछि उनी चल्मलाए । मतिर हेर्दै भने, ‘के हेर्दै हुनुहुन्छ ?’
मैले भनेँ, ‘पानीको सौन्दर्य हेर्दैछु ।’
उनले भने, ‘पानीको सौन्दर्य बाहिर होइन भित्र हुन्छ ।’
मैले भनेँ, ‘भित्र देखिन्न चर्मचक्षुले । कसरी हेर्ने ?’
उनले भने, ‘योग गरेपछि देखिन्छ ।’ –योगस्थ गुरु कर्माणि सङगम् ्त्यक्त्वा धनञ्जय । (गीता)
मैले भनेँ, ‘के हो योग ?’
उनले भने, ‘सफलता र असफलतामा सम भाव राख्नु योग हो ।’ (सिद्धऽसिध्यो समोमूत्वा समत्वं योग उच्यते ।) (गीता)
मैले भनेँ, ‘यहाँले जे भन्नुहुन्छ म त्यो गर्छु तर मलाई पानीको सौन्दर्य हेर्ने रहर छ पु¥याइदिनोस् ।’
उनले भने, ‘समय छ भने हिँड । म पानीेभित्रको विविध दृश्य र पानीको सौन्दर्य देखाइदिन्छु ।’
मैले हुन्छ भनेँ । उनी अघि लागे । म पछि । तालको किनारै किनार हिँडन थाल्यौँ ।
उनी रोकिए । म रोकिएँ । पानीभित्र हेर भने । हेरेँ ।
भिक्षुले देखाएको राराभित्रको दृश्य ः
दृश्य १ ः आहा ! दिव्य सौन्दर्य । कृष्ण बीचमा छन् । अघिपछि गोपिनीहरू । रासलीला देखाउँदैछन् । झिल्के कृष्ण । लज्जावती झार बनेका तरुनीहरू मस्किँदै छन् । राराको पानीभित्र कृष्ण र गोपिनीहरू देखेर म छक्क परेँ ।
हिँड्दै गयौँ । उनले पानीमा हेर भने । मैले हेरेँ ।
दृश्य २ ः एउटा तन्नेरी केटो पानीभित्र बसेर रातो खुकुरी पखाल्दैछ । पानीमा पनि उसको जिउभरी पसिना छ । ऊ डराएको लाग्छ । काम्दै छ ।
‘के हो यो ?’ भनेर उनले मलाई सोधे ?
मैले थाहा पाइनँ, ‘बताइदिनुस् न भनेँ ।’
यो द्वन्द्व कालमा विद्रोहीले मान्छे काटेर खुकुरीको रगत पुछेको दृश्य हो ।
फेरि पाँच मिनेट किनारै किनार हिँडयौँ । हेर पानीमा ।
दृश्य ३ ः हेर्न थालेँ – कोट लाएका बाहरू, पोते लाएका आमाहरू, नाकभरी सिँगान बोकेका मैलाथैला नानीहरू कुद्दैछन् । को हुन् यिनीहरू भनेर सोधेँ ।
उनले भने, ‘यी गाउँले हुन् । खान नपुगेर खाने कुरा खोज्दै घुमिरहेका छन् ।’
दृश्य ४ ः अर्को ठाउँको पानीभित्र देवदारु सल्लोको छाया देखेँ । हेर्दाहेर्दे त्यो छायामा शिव र पार्वती देखेँ । सोध्न परेन मलाई । कैलासबाट निस्किएर शिव र पार्वती राराको पानीमा लडिबुडी खेल्दै रमाइरहेका छन् भन्ने पक्का भो मलाई ।
दृश्य ५ ः एकछिन हिँडेपछि उनले मलाई भने, ‘त्यता हेर ।’
म पानीमा हेर्न थालेँ । आहा गज्जबको पो त छ दृश्य
(रत्न गर्भ) पानीको पिँधमा माटाका ठूला ठूला घैटाहरू छन् । प्रत्येक घैटा भरी भरी देखिन्छन् । के कुरा छ घैटामा भनेर नियालेर हेरेँ । एउटा घैटामा सुन, अर्कोमा हिरा, अर्कोमा मोती, अर्कोमा सिक्काहरू देखेँ मैले राराको सुवर्ण जल लोकमा ।
दृश्य ६ ः एकछिन हिँडेर उनी उभिए । हेर भने । पानीमा हेर्देछु म अहिले । एउटा हेलिकोप्टर छ पानीभित्र । सँगै पसारिएको महिलाको लास छ । हाँस्दै उनले भने – हेलिकोप्टर दुर्घटना बारे सुनेका छैनाँै तिम्ले ?
म फर्किएँ । पानीको रङ हेर्न गएको मान्छे म । बौद्ध भिक्षुले अल्मल्यायो । भन्दै हिँड्दैछु । किनारमा उभिएर बिहानको पानी कुन रङ्को हुँदोरहेछ भनेर पानीतिर हेरेँ ।
पानीमा धेरै तह हुँदा रहेछन् । डोरीको आकारका टुक्रिएका फराकिला लामा तहहरू । ती तहमा छुट्टाछुट्टै रङ देखेँ । सेतो, रातो, खैरो, नीलो आदि । टुकुक्क बसेर पानीको रङ गनेँ । मैले गनी गनी हेर्दा त्यहाँ सात रङ फेला पारँे । मैले पढेको वाटर इज कलर लेस भनेको होइन पो रहेछ । शास्त्र पनि झुट बोल्दो रहेछजस्तो लाग्यो ।
कोठातिर लागेँ । पुगेँ । साथीहरू मलाई खोज्दै हुनुहँुदो रहेछ । घुमेर आएँ भनेँ । वहाँहरूले एक्लै भन्नुभयो ।
हास्तै भनेँ – अँ ।
सबै तयार भएपछि रारातिर हिँडयाँै । होटलबाट निस्कनासाथ सल्लाका बोटहरूले हाम्रो स्वागतमा हात, गोडा, टुपी हल्ल्लाए । म मुसुमुसु हाँसिरहेँ । खुड्किलाबाट सल्लाका पातमा टेक्दै झरेर ताल नजिकै पुग्याँै । त्यहाँ गोरेटो बाटो रहेछ । बाटोमा घोडाको डोरी समातेर उभिएका थिए मैला धैला पाँच÷६ मा पढ्ने जस्ता केटाहरू । हामी घुमाउँछौँ । आउनुहोस् । बस्नुहोस् भने । हामी हाँस्यौँ मात्रै । बोलेनौ ।
तेर्र्सै गएपछि नजिकै रहेछ आर्मीले खोलेको चिया चमेनाको पसल । पसल अगाडि पानीमा फोटा खिच्न मिल्ने लामो फलैँचा रहेछ । त्यहाँ गयौँ । साथीहरूले पोज दिँदै निकैबेर फोटा खिचे ।
मलाई फोटा खिच्न स्वाद लाग्दैन । म मनमनै राराको पानीभित्र पसेर संसार भ्रमण गर्न थाल्छु । यो पो हो त संसार । यहाँ पो छ त जीवन । सद्भाव । सत् चरित्र । उन्मुख । के फोटामा रमाउनु नराम्रो कुरा हो । यसो गर्दा थोत्रो पराल भइन्छ र ?
मेरो अगाडि ठिंग उभिएको आरूको बोटमा पहँेलपुर फूल फुलेका छन् । फूलतिर हेरिरहन्छु । मात लाग्छ फूलको । आरूका फूल कालिकोटदेखि देख्दै आइरहेको छु । अहिले रारा वरपरका आरूका वोटमा सृंगार छ । लयात्मकता छ । अनुपम सौन्दर्य छ । म आरूको बोट बनेर राराको सौन्दर्य पिउन खोज्छु । सक्दिनँ । कति भाग्यमानी आरूका फूलहरू । सधैँ राराको पानी पिउन पाउने ।
हामी उभिएको ठाउँबाट सिधै पर देखिन्छ हिउँ । पहिले त्यसलाई मैले हिमाल ठानेँ । होइन, त्यो त माटाको पहाड पो रहेछ । पाहाडमा हिम वर्षा भएर हिउँ जमेको ठाउँ । राराका चुच्चे डाडाको चिसो हिउँमा मैले न्यानो सौन्दर्य देखेँ । (हिउँ भएका ठाउँको नाम – चुच्चेमारा पहाड रहेछ )
म झोक्राइरहेको थिएँ । निकै बेर भएछ । साथीहरू आउनुभयो ।
जाऔँ, खानेबेला भयो, भोक लागेन ?
हुन्छ,
लाग्यो भनेँ ।
होटलको खुड्किलामा टेक्दै माथि जान थाल्यौँ ।
पुगेर खाने कोठाभित्र पस्यौँ ।
हात चुठेर कोठातिर लाग्दै थिएँ ।
भित्तामा पढेँ – राराको अवस्था ः उचाइ २९९० मिटर । गहिराइ १६७ मिटर । लम्म्बाइ ५ कि.मि. । चौडाइ ३ कि.मि.
होटलको आँगनमा १०÷१२ वटा टेन्ट गाडेका थिए । ती अहिले दिउँसो खाली थिए । हामी कोठाबाट निस्किएर तिनै टेन्टभित्र पसेर गफ भकुर्न थाल्यौँ । टेन्टभित्रको अवस्था पढेर मैलेँ भनेँ – घर सधैँ अपूर्ण हुन्छ । कहिल्यै पुग्दैन मान्छेलाई । तर टेन्ट पूर्ण पो हुने रहेछ । सानु टेन्टभित्र सबै छ ठान्यो । सबै हुने । साँच्चै जीवन दर्शन रहेछ टेन्ट ।
घाम कम भएपछि फेरि हामी नयनाभिराम राराको रस निचोर्न निस्कियौँ । पानी रस । के रस निचोर्नु । राराको रस जति निचोरे पनि उस्तै । डेगै चल्दैन त सौन्दर्य । कसले निचोर्न हिम्मत गर्ने ? म नाथे रस निचोर्न खोज्दो ।
आर्मी ब्यारेकबाट अलिपर घुम्दै थियौ । परबाट तीन जना लोग्नेमान्छे आए यता । उनीहरू उता जाँदै थिए । मैले उनीहरूसँग कुरा गरेँ । दौरा सुरुवाल, कोट लगाएका मलीन ती तीन अनुहारमा अदम्य दमित सौन्दर्य देखेँ । कति नरम बोलाइ । कति सदाशयता । मुगुका मान्छे प्रकृतिको वरदान पाएका सभ्य प्रकृति पुत्र हुनजस्तो लाग्यो । हिजो सल्लेरीबाट घोडा चढ्दा पनि त्यहाँ देखे भेटेका साना ठूला मान्छे नरम र मिजासिला लागेको थियो मलाई ।
डुल्दै थियौँ । पानीमा दुई–चार हाँस हामीजस्तै डुल्दै थिए । मैले आर्मी भाइसँग सोधेँ, ‘यहाँ के के चरा पाइन्छन् ?’
उनले भने, ‘चराबारे म केही जान्दिनँ तर यहाँ धेरै थरी चरा पाइन्छन् । ह्लासादेखि पनि चरा यहाँ आउँछन् रे डुल्न । बर्खामा त यो रारा तालमा यति धेरै चराचुरुंगी हुन्छन् । उड्छन् । भनिसाध्य छैन । छपक्कै ताल ढाकौला जस्तो गर्छन् नौला चराले । वरपर वनभरी चरा देख्छु । सबै चराका नाम थाहा छैन ।’
उसलाई धन्यवाद भनेर फेरि हामी डुल्न थाल्यौँ ।
फोटा खिचौँ । हुन्छ । हाम्रा अनुहार हाम्रा मोबाइलभित्र पस्न थाले । हाम्रो नजिकै साना भाइहरू घोडा तान्दै आएर भने, ‘हामी घुमाउँछौ ५० रुपैयाँ दिए हुन्छ ।
चढ्याँै घोडामा । दुई मिनेटमा ओराले । अरू ओर्लिन थाले । मैले भनेँ, ‘त्यो ढकमक्क फूल फुलेको आरूको बोट घुमाउन । मलाई अनि तिमीलाई पनि पूण्य मिल्छ ।’ असजिलो मान्दै घुमायो फुच्चे भाइले ।
अहिले म त्यही आरूको बोटमुनि पल्टिएर पानीतिर हेर्दैछु । नीलनयना मृदुमुस्कान वाली रारा जति सुन्दरी युवती संसारभरी घुम्दा पनि भेटिन्न होला । रारातिर हेर्दै म घुटुघुटु थुक निलिरहेको छु । अहाँ अवर्णनीय परं सौन्दर्यती सुकुमारी रारा ।
म तालबाहिरको भू–वनोट र प्राकृतिक सौन्दर्य सुँघ्न, हेर्न थाल्छु । पर देखिन्छ सल्लाको हरियो वन । वनमाथि डाँडाभरी हिउँ छ । रारा तालले सेतोटोपी लाएजस्तो लाग्छ हिउँको । हिम शिरोवस्त्र । मेरो अगाडि प्रोथ्रे घाँसका बिरुवामा राता लालगेडीका दाना देखिन्छन् । अहाँ सुन जोख्ने लालगेडी ।
म अहिले ताल किनारमा लहराइरहेका लोक्ता हेरेर बुद्ध दर्शन संझिदैछु । छैवैमा चुत्राको बोट छ । दिङ्लामा आमाले खुवाएको चुत्राको अचार संझिन्छु । मेरो अलि पर पानीसँगै चोटेलोको घारी छ । त्यता हेर्दै मनै मन भन्छु – यो रारा ताललाई कसैले चोरेर लान सक्दैन । किनभने यतिका सल्लाका रुखहरू आर्मीजस्तै काँधमा बन्दुक बोकेर उभिएका छन् चारैतिर । उठौँ । हुन्छ । फेरि हामी होटलतिर लाग्यौँ ।
वेलुका होटलतिर फर्किदै थियौँ । बाटोमुनि ताल नजिकै ढकमक्क फुलेका फूलहरू देखेँ । तेतिबेरै एकजना बुढा बा आउनुभयो ।
सोधेँ – यहाँ फूल कत्तिको फुल्छ ।
हजुरहरू पहिलोपटक हो यहाँ ?
हो ।
त्यसैले सोध्नु भो । यहाँ त बर्खा महिनामा यति धेरै थरि फूल फुल्छन् कि फूलको बास्ना आउँदा पनि मान्छे दिक्क मान्छन् ।
होटलमा पुग्यौँ । रात छिप्पियो । किचेनमा पस्यौँ । खायौँ । ओछ्यानमा गुटमुटियौ । रात बित्यो ।
विहान उठेर काउन्टरमा गएँ । त्यहाँ थरिथरि बोतल देखेँ । सोधेँ – के का बोतल हुन् ? उनले भने – अल्पाइन, मार्फा, लालीगुराँसको फ्याक्ट्री छ यहाँ । यी बोतल फ्याक्ट्रीबाट ल्याएर बेच्न राखेको हो । ए, भन्दै फर्किएँ ।
रारासँग बिदा माग्नुप¥यो भनेर बरन्डामा गएँ । हेरेँ । होटल तल्तिर रारा माथि हरिया सल्लाका रुख छन् । सल्लाका रुखमुनि राराको सप्तरंगी पानी छचल्किदैछ । रारापारि हरियो ठूलो वन छ । वनमाथिको चुच्चे डाँडाभरी सेतै हिउँ छ । चारैतिर वनले घेरेको रारा ताल देखेर म मनैमन औधी रमाएँ ।
समय भयो । होटल भिलेज हेरिटेजबाट निस्कियौँ । झ¥यौँ । तालमा पुग्यौँ । आर्मीको नाउ लियौँ । चढ्यौँ । राष्ट्रिय वाणिज्य बैंक, क्षेत्रीय कार्यालय, नेपालगञ्जका उपप्रबन्धक दिनेश ढुंगानासमेत पाँच जना पनि त्यहि नाउमा हुनुहँुदो रहेछ । गफैगफमा उहाँहरू भिडियो खिच्न थाल्नुभयो । हात हल्लायौँ । मैले पनि गफ छाँटे । मनमोहक पानीको अमृत आस्वाद लिँदै, अत्युच्च सौन्दर्य हेर्दे पारि पुग्यौँ ।
पारि रारामाथि ठूलो चउर रहेछ । त्यहाँ एक्लै उभिएको रहेछ पोथ्रे सल्लाको बोट । मुनि ढुंगामा लेखेको रहेछ – स्वर्गकी अप्सरा रारा … (स्व. राजा महेन्द्र)
गाडी त्यहाँसम्म नआउने रहेछ । हिँड्यौँ । चउर सकियो । चउरमाथि वन सुरु भो । वनैवन उकालो हिँडयौ । हिँड्दाहिँड्दा वल्ल गाडी देखियो ।
मुगुको सल्लेरीसम्म पीच बाटो छ । जानुस् । आत्तिनु पर्दैन । पुगिन्छ । गाडीबाट ओर्लेर घोडा चढ्नुस । सल्लाको वन चउर हुँदै रारा पुग्नुस । त्यहाँ निकुञ्ज, होटल, सैनिक क्याम्प देख्नुहुनेछ । पानी, हिउँ, वन, वनौषधि । यत्ति त हो रारा ।
आकाशबाट पृथ्वीमा झर्दा उछिट्टिएर मुगु पुगेकी भागिरथीको अर्को नाम हो रारा । दिव्य सौन्दर्य सुगन्ध रारा ।
राराबाट निस्किएर बेलुका होटल गार्डेनमा बास बस्यौँ । होटल नामी । कर्मचारी शून्य । होटल मालिक नै काम गर्ने ।
जाडो जाडो । हाम्रा मुखिनीहरूले चुलामा गएर हातमुख जोडने व्यवस्था गरे । पकापक खायौँ । डङ्रङ्ग खाटमा गएर लड्यौँ । भुसुक्कै । भइ त गो उज्यालो ।
चन्दननाथ मन्दिर ः बाटैमा छ रे ! जाने होइन ?
जाने, जाने सबै ।
चिया नास्ता स्वठठ्याएर हामी बजारतिर लाग्यौँ । मध्य बजारमा मैले एउटा मन्दिर देखेँ ।
यही हो चन्दननाथ मन्दिर ? होइन, पर छ ।
गाडी गइरह्यो । म मरेर हेर्दै रमाइरहेँ जुम्ला बजार । बजार तुरिने तुरिने बेलामा रोडैमा जोडिएको एउटा पुरानो मन्दिर देखेँ । त्यहि हो चन्दननाथ मन्दिर ? – म । हो रे हो । सबै साथीहरू ।
ओर्लियौँ । भाइले गाडी थन्काए कुनामा ।
काठको घण्टः मन्दिर परिसरभित्र पस्यौँ । मन्दिर जस्तै छ मन्दिर । मान्छे छन् । पूजा सामग्री छ हातमा । पण्डितजी बसेर टीका लाइदिँदै छन् भुइँमा । देखिँदैछ गजुर । अरू सबै उस्तै । तर यो भने अनौठो । काठको घण्ट हुन्छ भन्ने सुनेकै थिइनँ । देख्नु त परै जावस् । हुँदोरहेछ काठको घण्ट । मन्दिरको भित्तामा जोडेर झुण्ड्याएको देखेँ काठको घण्टा । नौलो लाग्यो । गएर बजाएँ । बज्यो पो । यो पूर्वेली बाहुन बाजे काठको घण्ट हेर्दाहेर्दै एकैपटक अजस्र कल्पनामा डुब्यो । के बज्छ ? के बज्दैन ? जे पनि बज्छ । जे पनि बज्दैन । बजाउन जान्नुपर्छ । काठको घण्ट जस्तै हो मानव जीवन ।
मूर्ति आराधना स्थलतिर पस्न खोज्दै थियौँ । अरूले भने – यहाँ मन्दिर मात्रै छ चन्दननाथको । मूर्ति चोरले चो¥यो ।
सुनेपछि मैले भनेँ, ‘आत्माविहीन शरीरको अर्थात् मूर्तिविहीन मन्दिरको के पूजा गर्ने ?’
फिरौँ । – म ।
फर्किदैछौ । साथीहरू फोटा खिच्दै हुनुहुन्छ । म राम्रो देखिने प्रयास गर्दैछु ।
चिर्पट दाउराः पूर्वका गाउँघरमा भन्थे – मुखियाका घरमा धानको भकारी ठूलो हुन्छ । खोरमा बाख्रा, कटेरामा गाईगोरु धेरै हुन्छन् । म मान्छे परे पूर्वको । अहिले सडकैबाट भए पनि जुम्लाका घर गाउँ हेर्दैछु । यता जुनसुकै घरको आँगनमा, करेसामा, पिढीमा कतै न कतै चिर्पट दाउरा चाङ लगाएर राखेकै हुने रहेछ । ठ्याक्कै पूर्वमा धानको कुनिउँजस्तो ।
जुम्ला बजारबाट बाटो लागेर एकछिन पर गएपछि चिया खान गाडीबाट निस्कियौँ । सडकमाथि सानु घर । दाउराको चाङ घरभन्दा ठूलो छं । माथि मा…थि भिरमा ससाना घर देखिन्छन् । प्रत्येक घरमा मुसुमुसु हाँसिरहेको देखिन्छ दाउराको थुप्रो । बाटोमुनि माटोले छाएका माटो छाने घर अगाडि कति म मजाले मिलाएर राखेको चिर्पट दाउरा । जताततै दाउराको खलियो ।
तिला नदीः जताततै देखिन्छ ढुंगे ठाडो डाँडो । हरियो परियो ठयाम्मै नाहीँ । खेत छैन । बारी छैन । बोट बिरुवा छैनन् । के जुम्ला मरुभूमि हो । यसो न भन्नुस् । जुम्ला बजार नजिकै बग्दोरहेछ तिला नदी । तिला नदीले सेचन गरेको भूमि वा पानीका बाछिटा पुगेको ठाउँमा हरियो परियो खेती देखिँदोरहेछ । पानी पुगेका तिला वर परका खेत देख्दा समग्र जुम्ला नै हरियालीमय लाग्दोरहेछ ।
लुरुलुरु तिलाको पानी जता जता जान्छ, त्यहाँ त्यहाँ हरियाली छ । सो ठाउँबाहेक अन्यत्र रुखा, पेङ्खर डाँडापाखा देखिन्छन् ।
जुम्लीहरूको पहिरनः गाडीमा कुद्दाकुद्दै बाटोको छेउमा उभिएका हिँड्दै गरेका, गाई, भैँसी चराउँदै गरेका थुप्रै लोग्नेमान्छे देखेँ । मनुवाहरूले दौरा–सुरुवाल–कोट भिरेको देखेँ । कसैका गोडामा फयाङ्ले जुत्ता थिए । कुनै दौरासुरुवाल ढल्काएर नांगा खुट्टा हिँड्दै थिए । ज्याकेट धडेका एक–दुई देखेँ ।
किन यहाँ दौरा–सुरुवाल–कोट ? उत्तर सुझेन । सबैको अनुहार महिना दिनसम्म ननुहाएको भन्ने कुराचाहिँ देख्नासाथ स्पष्ट भइहाल्थ्यो । म वहाँहरूको नजिक गइनँ । त्यसैले दौरासुरुवाल मैला थिए कि थिएनन्, थाहा भएन । देख्तै यति थाहा लाग्थ्यो कि सहरबाट त्यहाँ पुग्नुभएको तपाइँ वहाँहरूसँग एकैछिन पनि बस्नु सक्नु हुन्थेन । दौरा, सुरुवाल, कोट रहर कि वाध्यता ?
बाटोमा आमैहरू, दिदी बहिनीहरू पनि देखेँ । हिँड्दै गरेका नांगा खुट्टामा । डोकामा घाँस–दाउरा बोकेका । नानी लिएका । वहाँहरूको पहिरन देख्दै मज्जाको ।
लाउन हुने सबैले पोते लाएको देखेँ । प्रत्येक महिलाले एकैपटक दुई थरी पोते धड्दा रहेछन् । रातो, हरियो । हरियो नीलो । यस्तै । प्रत्येकले पोतेको टुप्पामा केही न केही सुनको गहना तुन्द्रुंग झुण्डाएकै हँुदोरहेछ । फुली लाउने ठाउँमा गोलो आँैठीजस्तो गहना लाउँदा रहेछन् । सुनका गहना । नाक निमोठ्दै, टाउकाको कपाल कन्याउँदै, पातमा बेरेको सुर्ती तान्दै हिँडेका आमाहरू देखेँ ।
घाँस काट्न डोको बोकेर बारीतिर हिँड्दै गरेका आमाहरूले चुल्ठामा रातो धागो, चोलो बाहुला वाला, पातलो मजेत्रो, छिटको फरिया पटुकाले बाँधेको, चप्पल वा मोजासहितका कपडाका लुगा लाएको देखेँ ।
काममा जाँदा यति झकिझकाउ । नौलो लाग्यो जुम्ला । मैलो निधारमा चट्ट गोलो रातो टीका कति सुहाको ।
ढुंगाः थुप्रै पहाड देखेँ । पहाडमा गतिला चट्टान देखेँ । भन्छन् नि चट्टान दृश्य । जुम्लेलीहरूको जीवन पनि पहाडका दल्सिनढुंगा जस्तै कठोर र कठिन लाग्यो मलाई ।
बाटो माथि आँखाले देखुञ्जेल ढुंगै ढुंगाको थुप्रो छ अर्थात पहाड । तलमाथि कतै कतै साना पोथ्रा रुख छन् । अरू हरियो परियो छैन । यस्तोमा पनि बाँचिन्छ र ? बाँचेकै छन् क्यारे जुम्लेली भद्रजनहरू । अग्लो ठाडो पाहाडका खोल्साखोल्सीमा कतै कतै ढुंगाको गारो लाएर खेत बिराएको देखिन्छ ।
खोल्सामा ढुंगाको गारो लाएर खेत बिराउने ? हुन्छ र ? देखेँ आँखैले । देखिन्न खेत । देखिन्न बारी । दिक्क लाग्यो जुम्ला हेरेर । लगौटीको कन्दनी खुस्कियो । क्रमश ः
प्रतिक्रिया