रुकुम पश्चिममा खोलाले बगाएर एक जना बेपत्ता

आठबिसकोट । रुकुम पश्चिममा खोलाले बगाउँदा एक जना पुरुष बेपत्ता भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका– १ का स्थानीय ५७ वर्षीय हृदय गिरी आज दिउँसो खोलाले बगाएर बेपत्ता भएका हुन् ।

बाँफिकोट गाउँपालिका– २ स्थित पिपलबाट घर जाने क्रममा वडा नम्बर १ र २ को सिमानामा रहेको पुमा खोलाले गिरीलाई बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरी घटना स्थलमा पुगेर अहिले गिरिको खोजिकार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया