पाटन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गणेशमान सिंह साहसी, लोभलाचलबिहिन र राजनीतिक नेतृत्व गर्न सक्ने नेता भएको बताएका छन् । उनले गणेशमानको नेतृत्व नभएको भए २०४६ सालको जनआन्दोलन सफल नहुने बताए ।
सर्वमान्य नेता सिंहको २६औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना’ कार्यक्रममा नेता विश्वकर्माले गणेशमानले नेतृत्व गरेकै कारण काठमाडौं उपत्यका जागरुक भएको उल्लेख गर्दै उनी विकृति र विसंगति देखेर सबै किसिमका सुख सयल त्यागेर घर छोडेर आन्दोलनमा लागेको राजनेता भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कमजोरी सुधार गरेर संगठन बलियो बनाउने गरी लाग्नुपर्ने बताए । नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो ।
प्रतिक्रिया