लागुऔषध कसुरमा फिदिमका दुई युवक पक्राउ

पाँचथर । फिदिम नगरपालिकाका दुई युवालाई लागुऔषध कारोबारमा प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम– १० याङनामका २६ वर्षीय संगम थाम्सुहाङ र फिदिम– ८ रानीटारका २५ वर्षीय सञ्जय नेम्वाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले खोजी गरिरहेको थियो । थाम्सुहाङलाई आफ्नै घरबाट र नेम्वाङलाई फिदिम ४ गढीस्थित डेबिट लिम्बूको घरबाट प्रहरीले पक्राउ पगरेको हो ।

थाम्सुहाङ र नेम्वाङ एउटै मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ । उनिहरुमाथि मुद्दा दर्ता भएपछि फरार रहेका थिए ।उनीहरुलाई वर्ष दिनपछि प्रहरीले पक्राउ गरेको हो ।

१४ ग्राम ब्राउन सुगरको कारोबारमा संलग्न भएको कसुरमा गत वर्षको साउन २ गते इलाका प्रहरी कार्यालय काँकटभिट्टा झापाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया