पाँचथर । फिदिम नगरपालिका–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा संयोजकमा भीम नेपालको संयोजकत्वमा ११ समिति गठन गरिएको छ ।
सहसंयोजक डिकराज विष्ट, सचिव लक्ष्मी ढकाल, कोषाध्यक्ष गोमा सुवेदी, सदस्य कुमार राई, गोपाल भण्डारी, पुष्प खनाल लगायत को ११ सदस्य वडा समिति बनेको संयोजक नेपालले जानकारी दिए । उक्त भेला शुक्रबार फिदिम जोरसाल नजिक शान्तिपुरमा भएको हो ।
सो भेला ज्येष्ठ नागरिक देवीप्रसाद काफ्लेको अध्यक्षमा भएको थियो । उक्त भेलामा २०७९ को संघीय निर्वाचनमा संघीय सांसद पदमा पाँचथरबाट उठेका घण्टी चिन्हका उम्मेदवार दिनेश लिङदेनको समेत उपस्थिति रहेको थियो । उक्त भेलालाई रास्वपाका कुमार न्यौपानेले समन्वयको भूमिका खेलेका थिए ।
प्रतिक्रिया