काठमाडौं । स्वर्गीय नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर अन्त्यष्टिको लागि पशुपति आर्यघाट लगिएको छ ।
उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चावहिल हुँदै पशुपति आर्यघाटमा लगिएको हो । गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।
फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।
अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । अब उनको दाहसंस्कार गरिने छ । यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम संस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो ।
उनको अन्त्येष्टि मुन्धुम र हिन्दु संस्कृति अनुसार गरिँदै छ । संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति छ ।
प्रतिक्रिया