काठमाडाैं । लाेकप्रिय देउडा गायक अन्तराम विष्टको नयाँ गीत ‘देउर्या’ सार्वजनिक भएको छ । २७ वर्षअघि रेकर्ड गरिएको चर्चित एल्बम बरयातको ‘देउर्या’ बोलको देउडा गीतको शब्द परिमार्जनसहित विष्टले म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।
विष्टले आफ्नो व्यक्तिगत युट्युब च्यानलबाट बुधवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफैले सिर्जना गरेको गीत विष्ट र गायिका कृष्णा सिराडीको स्वरमा रहेको छ । २७ वर्षअघि भने गायिका पवित्रा घर्ती मगरले गीतमा स्वर दिएकी थिइन् ।
प्रतिक्रिया