काठमाडाैं । निशान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निशानका गाडीहरूमा ‘निशान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निशानका सबै गाडीहरू– निशान म्यागनाइट, निशान किक्स, निशान नाभारा, निशान लिफ र निशान एक्स–ट्रायलमा लागू हुने कम्पनीले जनाएको छ ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार, ‘भदौ २६ देखि ३१ सम्म सञ्चालन हुने पन्ध्रौँ नाडा अटो शो २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना नाडा अटो शो सकिएपछि पनि चाडपर्वको अवधिभरि लागू हुनेछ ।’
सारडाले भने, ‘निशान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकहरूले ‘नाडा अटो शो’मा निशान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनुहुनेछ । नि:शुल्क गाडी, व्यापक बीमा, नि:शुल्क ३ वर्षको सडक कर, नि:शुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाख रुपैयाँसम्म बचत हुने भएकाले ग्राहकहरू लाभान्वित हुन सक्नेछन् ।’
उनका अनसार, यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा सर्तहरू लागू हुनेछन् । यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउनेछ ।
पायोनियर मोटो कर्पले निशानका सम्पूर्ण मोडलका गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया