लमजुङ । पछिल्लो समय लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको अभियान ‘एक घर एक रास्वपा’ भन्ने आफ्नो नारालाई मध्येनजर गर्दै जिल्लाको प्रत्येक वडामा आफ्नो समिति गठन कार्य निरन्तर अगाडि बढाएसँगै बेसीशहर नगरपालिका– १ उदिपुरको सामुदायिक भवनमा शनिबार वडा भेला गरी आफ्नो समिति गठन गरेको छ । सभापति कृष्णबहादुर राउतको सभापतित्वमा सो भेलाको आयोजना गरिएको हो ।
प्रदेश संयोजक एवं जिल्ला संयोजक धर्म केसीले पार्टीको लक्ष्य उदेश्यका साथै मिसन ८४ मा दुई तिहाई बहुमत ल्याउने लक्ष्य राखेको बताए । उनले हालका गतिविधि, पार्टीका सिद्धान्त, बिचारलगायत मिसन ८४ का बारेमा प्रष्ट पारे । साथै ,पदको लोभमा परी रास्वपामा प्रवेश गर्ने बिचार भएका व्यक्तिहरुलाई पार्टीमा समावेश नगर्नेसमेत उल्लेख गरे ।
समाजको विकासमा सबै सदस्य तथा पदाधिकारीहरुले व्यक्तिगत स्वार्थ र इर्स्यालाई आफ्नो मनबाट हटाएर नातावाद र कृपावाद नहेरी सबैलाई समान गरी विकास कार्यमा लाग्नुपर्नेमा उनले जोड दिए । सह संयोजक अशोक सापकोटाका अनुसार संगठन विस्तारको क्रममा जिल्लाको ८ वटा पालिकामध्ये बेसिशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिकामा समिति गठन भइसकेको छ भने राइनस नगरपालिकामा समिति पुनः गठन गर्नुपर्ने भएको छ ।
यससँगै ६ वटा स्थानीय तहमा समिति गठन भइसकेको र व्कोंहोलासोथर गाउँपालिका र दुधपोखरी गाउँपालिकामा बाँकी रहेको । ७५ वडामध्ये २२ वडामा समिति गठन कार्य सम्पन्न भइसकेको अउनले बताए । बाँकी वडामा आगामी कात्तिकसम्म सक्ने लक्ष्य रहेको सहसंयोजक सापकोटाले बताए ।
बेनपा– १ उदिपुरको वडा भेलाले गठन गरेको समितिमा सभापति बुद्धिलाल श्रेष्ठ, उपसभापति साधाना अधिकारी, सचीव शंकर मिश्र, सदस्य बुद्धिमान गुरुङ, श्यामबहादुर दवाडी, देवबहादुर कार्की, जिवन गुरुङ, राजु सेढाई, रामु बुढाथोकी, कमला परियार, रामु खड्कालाई चयन गरिएको छ । यसै अनुसार पार्टीले नगर विभागका लागि पनि सन्तोषकुमार डिसी र विष्णु गुरुङलाई चयन गरेको छ ।
कार्यक्रम सञ्चालन गर्दै रास्वपा जिल्ला सहसंयोजक अशोक सापकोटाले पार्टीको उदेश्य र जिम्मेवारीको विषयमा प्रष्ट पार्दै सफलताको शुभकामना दिएका थिए । भेलामा उपस्थित सम्पूर्ण पदाधिकारीलाई स्वागत मन्तव्य रास्वपा जिल्ला निर्वाचन क्षेत्र समिति सदस्य प्रकाश थापाले राखेका हुन् ।
कार्यक्रममा रास्वपा बेनपा– ८ सभापति ध्रुब ढकाल, निवर्तमान बेनपा– ६ वडा सदस्य होमबहादुर राउत, रास्वपाका सक्रिय कार्यकर्ता नवराज पहाडीले असल नेतामा हुनुपर्ने ३ वटा विशेषताहरुबारे उल्लेख गरेका थिए ।
लमजुङ
प्रतिक्रिया