लमजुङ । लमजुङको सदरमुकामबाट नजिकै पर्ने बेसीशहर नगरपालिका वडा नं १० को भाचोक खोलामा निर्माण गरिएको अस्थायी काठे पुल डेढ महिना नबित्दै भत्किएको छ । स्थानीय बासिन्दालाई सहज होस भनि बनाइएको काठको अस्थायी पुल गएराती परेको वर्षाका कारण खोलाकाे बहाब बढेसँग पुल भत्किएपछी बाटो अबरुद्ध भएको हो ।
स्थानीयका अनुसार पुल भत्किएसँगै सवारीसाधन आवतजावत ठप्प भएपछि आवातजातमा समस्या परेको छ । गत असारको पहिलो साता आएको बाढीले पूल बगाएपछि यातायात सम्पर्क सवारी साधान चल्न नसकेपछि वडा बासिलाइ सकस परेको थियो ।
स्थानीयले करिब एक महिनाको प्रयासमा साउन दोस्रो साता अस्थायी काठको पूलको निर्माण श्रमदान र चन्दा संकलन गरी पुल निर्माण गरेका थिए । उनीहरूको प्रयासमा वडा कार्यालय, बेसीशहर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुम्रे बेसीशहर चामे सडक योजना समेतले सहयोग गरेका थिए ।
बेसीशहर नगरपालिकाले बिपद कोषबाट पुलको जग बनाउन आवश्यक रड, सिमेन्ट र एक्साभेटरका लागि चाहिने इन्धनमा सहयोग गरेको थियो भने वडा नं. १० का विभिन्न गाउँका स्थानीयले श्रमदान गरेका थिए । केहि समय आवत जावतमा सहज भएपनि बनेको डेढ महिना नवित्दै अहिले पुल भत्किएको हो ।
पुलका लागि चाहिने काठ वन कार्यालयसँगको समन्वयमा गाउँकै सामुदायिक वनले उपलव्ध गराएको थियो भने श्रमदान र सम्बन्धीत निकायको सहयोग बाहेक पुल निर्माणमा ३ लाख बढी खर्च भएको स्थानीयले बताएका छन् । वडा नं. १० मा पर्ने खासुर, खासुरबेसी, देउजनथोक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचोक, सिरूवारी, भाचोकबेसी लगायतका स्थानका स्थानीय ठूलो समस्यामा परेका छन् । यस विषयलाई मध्यनजर गरी दीर्घकालिन विकासमा कदम चाल्नु राम्रो हुन्छ ।
लमजुङ
प्रतिक्रिया