निजामती सेवा दिवसमा उत्कृष्ट कर्मचारीलाई सम्मान

पूर्वी नवलपरासी । निजामती सेवा दिवसका अवसरमा पूर्वी नवलपरासीमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । निजामती सेवा दिवस समारोह मुल आयोजक समितिले दिवसको अवसर पारेर यस अघि आयोजना गरेको निबन्ध प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीहरुलाई आज नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा निवन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्राविधिक सहायक तिलक बहादुर खडका रहेका छन । त्यसैगरी निबन्ध प्रतियोगितामै द्वितीय स्थान प्राप्त गर्न सफल आन्तरिक राजश्व कार्यालयका कर अधिकृत यशोदा रेग्मी र तृतीय स्थान हासिल गर्न सफल आन्तरिक राजश्व कार्यालयकै कर अधिकृत बेदना राई सम्मानित भएका छन भने सान्त्वना पुरस्कारबाट विनयी त्रिवेणी गाउँपालिकाका रोजगार संयोजक विनोद प्रसाद पौडेलले सम्मानित भएका छन। “निजामती सेवामा व्यवसायिकता र नवप्रवर्तन” शीर्षकमा गरिएको निबन्ध प्रतियोगितामा जिल्ला स्थित संघीय, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरुले भाग लिएका थिए ।

त्यसैगरी ब्याटमिन्टन प्रतियोगिता तर्फ प्रथम स्थान हासिल गर्न सफल कोष तथा लेखा नियन्त्रकको कार्यालयका मार्कण्ड्य प्रसाद बराल र मालपोत कार्यालयका शिव प्रसाद सापकोट सम्मानित भएका छन त्यस्तै द्वितीय स्थान हासिल गरेका रकुवा स्वास्थ्य केन्द्र वौदीकालीका मेघ बहादुर ठाडा र नरम स्वास्थ्य चौकीका दान बहादुर बराल र तृतीय स्थान प्राप्त गरेका आन्तरिक राजश्व कार्यालयका ज्ञानहरी पन्थी र नापी कार्यालयका शिवलाल चौधरी तथा जिल्ला आयुर्वेदिक अस्पतालका गोकुल पराजुली र सोही कार्यालयका रोशन कुमाल सम्मानित भएका छन् ।

कार्यक्रम पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षता एवं जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, रािष्ट्रय अनुसन्धान नवलपुरका उपनिर्देक प्रकाश गरुङ, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, आयुर्वेदिक संघका केन्द्रिय अध्यक्ष गोकुल पराजुली तथा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख ज्ञानहरी पन्थीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमक सहजीकरण शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रुद्र शर्माले गरेका थिए ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया