जेठ २३ गते शनिबार काठमाडौं उपत्यकामा विद्युतीय लाइन काटिँदै, यस्तो छ तालिका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जेठ २३ गते शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार विभिन्न वितरण केन्द्र अन्तर्गतका सबस्टेशन तथा प्रसारण लाइनको मर्मतसम्भार गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने भएको हो ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने कलंकी, रविभवन, सोल्टीमोड, छाउनी, बल्खु, कुलेश्वर आवास क्षेत्र, बाफल, स्वयम्भु, सानो भर्याङ, भगवानपाउ, सबस्टेशन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, इचङ्गुनारायण मन्दिर, पाँचधारा मोड, गौतम गाउँ, हसनटार, गोदामथोक, सिताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भिमढुंगा, छत्रे देउराली, लाम्पाटी, गाईबाच्छा पाटी, बलम्बु, ढुंगेअड्डा, नैकाप, सतुंगल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चस्मती, खसीबजार, साल्ट ट्रेडिङ, सीता पम्प र महेन्द्र रत्न क्याम्पस लगायतका स्थानहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुने छ ।

त्यस्तै, कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका मैत्रीनगर, ट्याङ्ग्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह र त्रिभुवन विश्वविद्यालय ९त्रि।वि।० परिसर लगायतका क्षेत्रमा पनि शनिवार बत्ती जाने प्राधिकरणले जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य व्यापारिक तथा प्रशासनिक क्षेत्रहरू न्यूरोड, धरहरा, रंगशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, बसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला किनार, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भिमसेनस्थान र लगन चोक लगायतका स्थानहरूमा तोकिएको समयसम्म विद्युत् उपलब्ध हुने छैन ।

यसैगरी ललितपुरको पुल्चोक वितरण केन्द्र अन्तर्गतका बल्खु हेल्थ पोष्ट, सानेपा, झम्सीखेल, पुल्चोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबिधारा, धोबिघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धीविनायक टोल, मञ्जुश्री र कुपण्डोल लगायतका क्षेत्रमा मर्मत कार्यका लागि विद्युत् कटौती हुने छ । प्राधिकरणका अनुसार निर्धारित मर्मत कार्य तोकिएको समयभन्दा अगाडि नै सकिएमा विद्युत् आपूर्ति चाँडै सुचारु हुन सक्ने छ ।

प्रतिक्रिया