साक्षरता अभियान काम हो, बखान होईन

राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार नेपालमा गरिवीको रेखामुनि अझ २५ दशमलव ४ प्रतिशत जनता छन । तर युनडिपीको प्रतिवेदनले ६५ प्रतिशत भएको दावी गरेको छ । अशिक्षाले गर्दा गरिबी र गरिबीले गर्दा अशिक्षाको निरन्तर चलिरहने दुष्चव्रmलाई तोड्न साक्षरता निर्विकल्प अस्त्र हो । २००७ सालमा नेपालको साक्षरता २ प्रतिशत थियो । प्रजातन्त्रको अभ्युदय पश्चात् विभिन्नरूपमा साक्षरता कार्यव्रmम सञ्चालन हुँदै आएको पाइन्छ । तर ७ दशक भन्दा लामो अवधि खर्चिंदा पनि बर्षको १ प्रतिशतका दरले पनि साक्षरतामा प्रगति भएको देखिंदैन ।

बाबुकाजी कार्की

सिकाइ कोक्राे देखि कात्रो अझ गर्भाधारण देखि मृत्युपर्यन्त सम्म आजीवन चलिरहने प्रक्रिया हो । विभिन्न माध्यम र किसिमले जीवनोपयोगी ज्ञान र सीप हाँसिल गरेर समाजमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन आवश्यक ज्ञान र सीप अनौपचारिक र औपचारिक माध्यमबाट आर्जन गर्नुपर्ने हुन्छ । आजको २१ औं सताब्दीमा विज्ञान र प्रविधिको तिव्र गतिमा विकास र विस्तार भै राखेको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी समृद्धि ल्याउन औपचारिक शिक्षाका विषयवस्तु कतिपय सन्दर्भमा बासी भै सक्छन् । आफूमा भएका मौजुदा ज्ञान सीपलाई निरन्तर अद्यावधिक गरी सफल जीवन जीउन व्यवस्थित र सर्वसुलभ साक्षरता शिक्षाको विकास र विस्तार गर्नुको विकल्प छैन ।

साक्षरता मानवको सशक्तिकरण र समृद्धिको प्रस्थान विन्दु हो । जीवनमा उन्नतिको खुड्किला पछ्याउने दीप तथा चढ्ने बैशाखीे हो साक्षरता । साक्षर र शिक्षित व्यक्तिको जीवनपयोगी साधनस्रोतमा सहज पहुँचको सुनिश्चितता हुन्छ । व्यक्तिको अन्तरनिहित प्रतिभा आविष्कार गरी सक्षमता र सफलता र्हांिसल गर्ने कुन्जी एवम जतिखर्च ग¥यो त्यति बढ्ने सर्वश्रेष्ठ पूँजी साक्षरता हो । साक्षरता व्यक्तिको सशक्तिकरणको स्तरोन्नतिका लागि भिटामिन र गरिबी, रोग, भोक, रुढीबादी एवम अन्धविश्वास लगायतका पछौटेपनबाट सुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुरक्षित राख्ने एण्टिवायोटिक हो। साक्षरताले मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो उघार्द छ । विज्ञान र प्रविधिको द्रुत गतिमा भएका ज्ञान एवम् सीपसँग साक्षात्कार गर्दै प्रविधि र समृद्धि भित्र्याउन कम्तीमा पनि साक्षर हुनुको विकल्प छैन ।
सामाजिक रूपान्तरण गरी देश विकास गर्न त्यस देशको साक्षरता प्रतिशत उच्च हुनु पहिलो शर्त हो । साक्षरता प्रतिशत र देश विकासको गति सामनुपातिक हुने यथार्थता हो । राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार नेपालमा गरिवीको रेखामुनि अझ २५ दशमलव ४ प्रतिशत जनता छन । तर युनडिपीको प्रतिवेदनले ६५ प्रतिशत भएको दावी गरेको छ । अशिक्षाले गर्दा गरिबी र गरिबीले गर्दा अशिक्षाको निरन्तर चलिरहने दुष्चव्रmलाई तोड्न साक्षरता निर्विकल्प अस्त्र हो।
वि.स.२००७ सालमा नेपालको साक्षरता २ प्रतिशत थियो । प्रजातन्त्रको अभ्युदय पश्चात् विभिन्नरूपमा साक्षरता कार्यव्रmम सञ्चालन हुँदै आएको पाइन्छ । तर ७ दशक भन्दा लामो अवधि खर्चिंदा पनि बर्षको १ प्रतिशतका दरले पनि साक्षरतामा प्रगति भएको देखिंदैन । महिला र पुरूष बीचको साक्षरता खाडल २२ प्रतिशत छ । यस्तो न्यून साक्षरता प्रतिशत भएको मानविय साधनस्रोतबाट देश विकासमा उल्लेख्य योगदानको अपेक्षा गर्न सकिन्न् । सदिआँै देखि समाजलाई गाँजेर बसेको निरक्षरतालाई चुटकीको भरमा निर्मूल पार्न पनि सकिन्न ।


साक्षरता प्रगति दर

साक्षरता अभियान काम हो बखान होईन। यसरी लामो समयसम्म साक्षरता कक्षाहरू सञ्चालन गर्दा पनि आशातित उपलब्धी हासिल किन गर्न सकिएन् ? अध्ययनको विषय बन्नु पर्दछ । के विगतका साक्षरता सम्बन्धी योजना तथा कार्यव्रmमहरू भरपर्दो तथ्याङकमा आधारित थिए त ? पुनर्विचार गर्ने बेला आएको छ । साक्षरता सम्बन्धी विस्तृत र अद्यावधिक तथ्याङ्कको अभिलेखीकरण कसरी राख्न सकिएला ? यी र यस्तै मुद्दाको पर्याप्त अध्ययन अनुसन्धानको आधारमा कार्यक्रमहरु एकिन गर्नुपर्ने हुन्छ । साक्षरता प्रतिशतलाई यथाशक्य छिटो बढाउन नेपाल सरकारले विगत वर्षहरु देखि १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरुका लागि साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । नेपाल जस्तो आर्थिक, सामाजिक, साँस्कृतिक, जातिय विविधता र भौगोलिक विकटता भएको विसम परिस्थितिमा साक्षरता अभियानको लक्ष्यमा पुग्न विभिन्न खाले समस्या र चुनौती सामना गर्नु स्वाभविकै हो । दिगो र भरपर्दो अद्यावधिक तथ्याङकको व्यवस्थापन अभावमा विगतका साक्षरता कार्यव्रmमको उपलब्धी “हिड्दै छ पाइला मेट्दै छ” जस्तै भएको छ । आगामी दिनहरूमा तथ्याङकको वैधता र विश्वसनीयतालाई उच्च प्राथमिकता दिएर नामनामेसी संकलन र व्यवस्थापनको खाँचो खट्किएको छ ।
साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतीहरुको सामना गर्न नपर्ला भन्न सकिन्न । निरक्षरहरूको साक्षरता कक्षामा अनियमितता तथा निरक्षरले बीचैमा कक्षा छाड्ने नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्दै उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला ? चिन्ता र चिन्तनको बिषय हो । साक्षरताको विषयवस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सीपमा समयसापेक्षरूपमा परिमार्जन र परिष्कृत गर्दै पेशागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो । साक्षरतालाई निरक्षरले अपनाइ आएको पेशामैत्री बनाएर कहरले नभई रहरले पढ्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । साक्षरताले नाना, छाना र खाना सुनिश्चित गर्न टेवा पुगोस । सहभागीले दैनिकीमा भोगेका समस्या र चुनौतीलाई सम्बोधनका लागि दक्षता आर्जन गर्ने खालका विषयवस्तुले साक्षरता प्रति उनीहरूको चाहना र विश्वास बढाउन सक्दछ ।
साक्षरताको ज्ञान र सीप कैंचीका दुईधार जस्तै हुन एउटा धार वोधो(भुत्ते) भएमा अर्को जतिसुकै धारिलो भएपनि निरर्थक हुन्छ । साक्षरतालाई सीपसँग जोड्ने कार्यव्रmम सुरूआत गरिनु पर्दछ । साक्षरता कार्यव्रmमलाई सशक्त व्यापक र प्रतिफलमुखी बनाउन सार्वजनिक सरकारी अवधारणा अनुसार विकेन्द्रितरूपमा सञ्चालन गर्ने नीति आवश्यक देखिन्छ । निरक्षरताको कारण बाट आइलागेको अन्धविश्वास र पछौटेपन यथाशक्य छिटो छिमल्न प्रत्येक नागरिक साक्षर हुदै शिक्षित हुनुको विकल्प छैन्। साक्षरता कार्यक्रम र अभियानलाई सरकार र सरोकार पक्षको जवाफदेहीपूर्ण सहकार्यको खाचो पर्दछ। नेपाललाई निरक्षरतामुक्त राष्ट्र बनाउन संघ, प्रदेश र स्थानीयतहका सरकारको जवाफदेहि र जिम्मेवारी तोकिनु पर्दछ। साक्षरता शिक्षालाई उपलब्धिमूलक बनाउन परम्परागत विधि र विषयलाई समयानुकुल परिमार्जन र परिष्कृत गर्दैै लानु बुद्धिमानी ठहर्छ। अब निरक्षरहरू पढ्न साक्षरता कक्षामा आउनु पर्छ भन्ने पुरातन सोचलाई तोड्दै साक्षरता कक्षा नै निरक्षरसम्म जानु पर्छ । सोही मान्यताको आधारमा निरक्षर महिला, दलित, पिछडिएको जातजाती र सिमान्त एवम् विपन्न वर्गको पहिचान गरी माग र आवश्यकताको आधारमा मात्र कक्षा वितरण गरिनु पर्दछ । साक्षरता कक्षा वितरण व्यवस्थालाई समावेशी सहभागितामुलक एवम् विकेन्द्रीकृत गर्दै साक्षरता कक्षा सञ्चालनमा संलग्न हुने स्वयम्सेवक, स्थानीय निरीक्षक र व्यवस्थापकीय पदाधिकारी आदिको चयन निरक्षरता उच्च प्रतिशत भएको समूहका योग्यता पुगेका स्थानीय महिला, दलित, पिछडिएका जातजातीलाई नै रोजगारीको प्राथमिकता दिइने नीति लाभदायक हुन्छ नै । मातृभाषामा आधारभूत शिक्षा हासिल गर्न पाउने संवैधानिक व्यवस्थालाई प्रत्याभूति गर्दैजाने नीति अनुरूप नेपाली लगायत अन्य मातृभाषामा समुदायको माग अनुसार पाठ्यक्रम र पाठ्पुस्तक विकास गरि पठनपाठनको व्यवस्था गरिनु पर्दछ।
समाजमा वर्षौ देखि जरा गाडेर बसेको निरक्षरतारूपी अभिशापलाई छिमल्न सवै संघ, सस्था र व्यक्तिको सामुहिक सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, समीक्षा र स्वामित्व (सात स ) अपरिहार्य हुन्छ । विदेशी अनुदानमा नभई स्वदेशी धनमा सञ्चालित साक्षरता अभियानलाई सफल पार्न सबैका लागि साक्षरता अभियान र साक्षरता अभियानका लागि सबै भन्ने सदवाक्यलाई व्यवहारमा उतार्ने अठोट गरेमा सबै खाले पछौटेपनको कारक निरक्षरताको दलदलबाट नेपालीलाई उद्दार गर्न सकिएला ।

प्रतिक्रिया