काठमाडौं । अनलाइन मार्केट दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यूको घोषणा गरेको छ । दराजले एक कार्यक्रमका बीच डीएलएनको सुरुआत गरेको हो । बजारमा डीएलएनको परिचयले स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मूल ध्येयका साथ यो नयाँ उद्यम सुरूआत गरिएको दराजले जनाएको छ ।
प्रयोग गरिएका फोनहरू बिक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर, दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँछ । यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र डीएलएनलाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरेका थिए ।
त्यसैगरी, डीएलएनको लागि दराज प्लेटफर्ममा विक्रेता तथा ‘सबको फोन’का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे । दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पु¥याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन् । ‘हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौंं,’ उनले भनिन् ।
दराज लाइक न्यूले बजारमा नयां परिर्वतन, गुणस्तर, र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ । यस पहलले ग्राहकहरूलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरुमाझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने निश्चित देखिने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया