रौतहट । गरुडा नगर उद्योग वाणिज्य संघको आज चुनाव भईरहेको छ । भदौ १८ गते सोमबार बिहान ८ बजेदेखि निर्वाचन भईरहेको निर्वाचन समिति संयोजक पंडितप्रसाद जैसवालले जानकारी गराए । शान्तिपूर्ण रूपमा चुनाव भईरहेको उनले जानकारी गराएका हुन् । अध्यक्ष पदका उमेदवार सन्तोषकुमार चौधरीको प्यानलबाट सदस्य पदका लागि रामबाबु साह, गजेन्द्र महतो कोईरी, उपेन्द्रकुमार चौधरी, बिनोधकुमार जयसवाल, चुनचुन प्रसाद यादव, रामबचनप्रसाद जयसवाल, रोहितकुमार जयसवाल, रुपेशकुमार जयसवाल, शिवजी प्रसाद चौधरी, रामबाबु प्रसाद रौनियार, महाशक्ति साह निराला, हरिकिशोर प्रसाद साह, शिवम् कुमार सोनी प्रतिस्पर्धामा छन् ।
अर्का अध्यक्ष पदका उम्मेदवार सतिश साहको प्यानल बाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश रौनियार, रामईशवर साह, बिनोद दास, सुशिला देवी जयसवाल, मनोज साह गुप्ता,अजय साह सोनार, हेमलाल साह सोनार, छठुप्रसाद साह, दिपेन्द्र यादव, रामअधार साह कानु रहेका छन् ।
संघको अध्यक्ष पदमा दुई जनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । गरुडा नगर उद्योग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी आज अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन भईरहेको छ । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् । मतदान कार्यक्रम भने बेलुका ४ बजे हुने निर्वाचन समितिले जानकारी गराएको हो । संघको कुल ९ सय ५२ जना मतदाता रहेका छन् । चुनाव सके लगत्तै आजै बेलुकादेखि मतगणना गरिने संयोजक जैसवालले जानकारी गराएका हुन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया