काठमाडौं । एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारीबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ३९ सय भन्दाबढी कर्मचारी सहभागी भएको बैंकले जनाएको छ ।
सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायक खेल काठमाडौंमा फाइनल खेल भएको थियो । लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदूरपश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो ।
खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदूरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् । त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित काकी रहेका छन् । अर्कोतिर उच्च स्कोरतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् । प्रतियोगिताका बिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
प्रतिक्रिया