आजभोलि बजारमा पाइने हरिया चम्किला रामतोरिया र भन्टा देख्नमा त एकदमै आकर्षक हुन्छ, तर खानका लागि त्यत्तिकै घातक । भन्टालाई चमकदार र राम्रो बनाउनका लागि त्यसमा ‘फोलिडज’ नामको रसायनमा डुबाउने गरिन्छ । अकोतिर भन्टामा रसायन चुस्ने बढी क्षमता हुन्छ । त्यसैले भन्टाले त्यो विषादीको बढी मात्र सोसेर लिन्छ । त्यसरी नै रामतोरीयालाई पनि त्यसलाई प्वाल पार्ने कीराबाट बचाउन त्यस्तै विषादी छर्किने गरिन्छ ।
आज खेतीपातीमा जुन रासायनिक कीट नाशकको प्रयोग गरिन्छ त्यो मानिसको स्वास्थ्य, माटो र पर्यावरण सबैका लागि भयंकर खतरा सावित भएको कुरामा कुनै बिबाद र सन्देह छैन । त्यसले मानिसको स्वास्थ्यमा भयंकर ठूलो नकारात्मक प्रभाव पार्ने कुरा पटकपटक प्रमाणित भएको छ । त्यस्ता घातक कीट नाशकले श्वास प्रश्वासमा ठूला कठिनाइ उत्पन्न हुने, क्यान्सर जस्तो घातक रोग लाग्ने र निरन्तर थकाई लागिरहने जस्ता बिमारीले आक्रान्त पार्ने कुरा लामो अनुभव सम्हालेका विभिन्न देशका ज्ञाता चिकित्सक तथा कृषि विज्ञ तथा वातावरण विज्ञहरूले बताउँदै आएका छन् ।
यस्तै एउटा गम्भीर निष्कर्ष भारतको व्यवस्थापन अध्ययन प्रतिष्ठान लखनऊ र हैदराबादद्वारा हिमाचल प्रदेशको २२ बिकास खण्डका किसानहरूमाथि गरिएको हालैको सर्बेक्षणले पनि प्रकाशमा ल्याएको छ । भारतका बिभिन्न राज्यहरूमा बितेको एक महिना मात्रयताका प्रादेशिक समाचारहरूमा दृष्टि दिदा पनि कम्तिमा ५० यस्ता मामिलाहरू प्रकाशमा आएको पाइन्छ कि खेतीपातीमा छर्किने गरेका कीट तथा रोग नाशक रासायनिक बिषदीहरू किसानहरूले स्वाश्व प्रश्वासमार्फत शरीरमा पुगे त्यसले गर्दा ती किसानहरूको जीवन लीला नै समाप्त हुन पुगेका छन् ।
त्यसै पनि आजको बदलिँदो मौसममा खेतीपातीको काम ठूलो चुनौतीको काम बनिरहेको छ । कम समयमा धेरै बालीनाली लिने हिसाबका कारण किसिानहरू बिउ बजारबाट किन्ने गर्दछन् र लुकीछिपी बेचिने गरेका जीम बिउ(जेनेटिकल्ली मोडिफाइड सीड)मा भिन्नै किसिमका कीराहरूको भय उत्पन्न भएको देख्दा किसानहरूले समयभन्दा पहिला नै धेरै मात्रामा किरा मार्ने रासायनिक बिषदीहरू छर्किने गर्दै आएका छन् । यस सम्वन्धमा भारतको कुरा गर्ने हो भने बितेको शताबदीको साठीको दशकमा जम्मा ६ दशमलव ४ लाख हेक्टर क्षेत्रमा त्यस्ता बिषादी कीटनाशकहरू छर्किने गरिन्थ्यो । त्यो आज बढेर १ दशमलव ५ करोड हेक्टर क्षेत्रमा छर्किने गरिन्छ । परिणाम त आज भारतमा उत्पन्न गरिने कृषि पैदावार अन्नबाली, सागसब्जी फलफूल र अन्य कृषि उत्पादनहरूमा त्यस्तो बिषादी कीटनाशकहरूको मात्रा निर्धारित सीमाभन्दा बढी पाइएको उदाहरण छ । त्यसमा पनि प्रयोग गरिने त्यस्ता बिषादीहरू १० देखि १५ प्रतिशत मात्र बालीनालीका लागि प्रभावकारी हुने गर्दछन् र बाँकी सबै बिषादी माटो, भौगर्भिक जल, नदी–नालाको हिस्साकोरुपमा जान्छन् ।
कीटनाशक तथा त्यसको प्रभावको आकलन गर्ने एउटा प्रमुख संस्था ‘केयर रेटिंग्स्’ का अनुसार भारतीय खाद्य पदार्थहरूमा कीटनाशक बिषादीहरूको अबशेष २० प्रतिशतसम्म रहेको पाइएको छ । जब कि हुनुपर्ने त्यसको सीमा २ प्रतिशतसम्म मात्र निर्धारित छ । जति जति खेतीपातीमा जलवायु परिबर्तनले अझ बढी लागत बढ्न खतरा बढिरहेको छ किसानले उत्पादित बालीनालीको उपभोक्ताको स्वास्थ्यमा घातक असर पर्ने कुराको कुनै पर्बाह नगरी कीटनाशक र अन्य रासायनि बिषादीहरूको खपत बढाइरहेको पाइन्छ । भारतको सरकारी तथ्यांकले प्रष्ट पार्दछ कि बितेको पाँच बर्षको क्रममा त्यहाँ रासायनिक कीटनाशहरूको उपयोग अझ बढेको छ । त्यहाँ २०१५–१६ मा करीब ५७ हजार मेट्रिक टन त्यस्ता कीटनाशहरूको प्रयोग गरिएको थियो त्यो अहिले अझ बढेर ६५ हजार मेट्रिक टन पुग्न गएको अनुमानछ । त्यसमा पनि भारतको महाराष्ट्र र उत्तर प्रदेश सबैभन्दा अगाडि रहेको बताइएको छ ।
त्यहाँँका अनुसन्धाताहरूले भनेका छन् – भारतको दैनिक भोजनमा सरदर झण्डै ० दशमलव २७ मिलिग्राम डीडीटी बिषादी पाइन्छ । उनीहरू भन्दछन् – भारतको राजधानी दिल्लीका नागरिकहरूको शरीरमा यो डीडीटीको अबशेषको मात्रा सबैभन्दा बढी देखिएको छ । त्यहाँ गहुँमाा १ दशमलव ६ देखि १७ दशमलव ४ भाग प्रति दशलाख, चामलमा ०.८ देखि १६ दशमलव ४ भाग प्रति १० लाख, बदाममाा ३ देखि १९ दशमलव१ भाग प्रति दश लाख मात्रा डीडीटी अबशेष कायम रहेको देखिएको छ । अरु राज्यहरूको पनि बोतल बन्द दूधमा महाराष्ट्रमा लिइएका ७० वटा नमूनामा डीडीटी र एण्ड्रीन बिषादीको मात्रा ४ दशमलव ८ देखि ६ दशमलव ३ भाग प्रति १० लाख पाइएको थियो । पाइनु पर्ने मान्य मात्रा भने ० दशमलव ६६ मात्र हो ।
त्यसरी नै मुम्बईको ट्यांकीको दूधमा एण्ड्रीन बिषादीको मात्राको हिस्सा ९६ भागसम्म पुगेको खतरनाक स्थितिमा पुगेको जनाइएको छ । पञ्जावमा पनि कपास बालीमा लाग्ने नियन्त्रण गर्न नसकिने सेतो झिंगाको हमलाको मूख्य कारण पनि रासायनिक कीट नाकशकै उपयोगले गर्दा हो भनिएको छ । त्यस्तै स्थिति गोलभेडा खेतीको सन्दर्भमा पनि त्यहाँ छ । त्यहाँ अचेल राम्रो प्रजातिको ‘रुपाली’ र ‘रश्मी’गोलभेडा लगाउने खुब प्रचलन बढेको छ । तर तिनलाई सबैभन्दा बढी नोक्सान गर्ने ‘हेल्योशिस आर्मिजरा’ नामको कीरा छ । त्यसले गोलभेडाको दानामा प्वाल पार्ने गर्दछ उत्पादनमा ठूलो नोक्सानी पार्दछ । त्यसलाई मार्नका लागि बजाारमा रोगर हल्ट, सुपर किलर, रेपलिन र च्यालेञ्जर नामका बिभिन्न बिषादीहरू प्नि पाइन्छन् । तर तिनको बेहिसाब गलत उपयोगले झन ठूलो नोक्सान पुग्दछ ।
ती बिषादी कीटनाशकहरू एउटा बालीमा चार पाँच पटकभन्दा बढी प्रयोग गरिनु हुन्न भन्ने कृषि बैज्ञानिकहरूको चेतावनी भने एकदमै सानो अक्षरमा लेखिएको हुन्छ । त्यो पनि प्रायः सबै जसो अग्रेजी भाषामा । त्यो पढ्ने र बुझ्ने प्रायजसो किसानको बशको कुरा पनि भएन । त्यसले गर्दा कीरा मुक्त तुल्याउन र बढी उत्पादन लिन भनेर किसानले बालीनालीमा २०–२५ पटकक त्यो बिषादी छर्किने गर्दछन् । त्यसरी बिषादी छर्किएर उत्पादन भएका राम्रा राता राता गोलभेंडाहरू खानाले मस्तिष्क, प्राचन प्रणालीका अंगहरू, मृगौला, र स्नायुतन्त्रहरूमा एकदमै नराम्रो असर पुग्दछ ।
आजभोली बजारमा पाइने हरिया चम्किला रामतोरिया र भाण्टा देख्नमा त एकदमै आकर्षक हुन्छ, तर खानका लागि त्यत्तिकै घातक । भाण्टालाई चमकदार र राम्रो बनाउनका लागि त्यसमा ‘फोलिडज’ नामको रसायनमा डुबाउने गरिन्छ । अकोतिर भाण्टामा रसायन चुस्ने बढी क्षमता हुन्छ । त्यसैले भाण्टाले त्यो बिषादीको बढी मात्र सोसेर लिन्छ । त्यसरी नै रामतोरीयालाई पनि त्यसलाई प्वाल पार्ने कीराबाट बचाउन त्यस्तै बिषादी छर्किने गरिन्छ । गहुँलाई पनि कीराबाट बचाउन ‘मेलिथियन पाउडर’ मिसाएर राख्ने गरिन्छ । तर गहुँलाई धोएर पनि त्यो पाउडरको बीषलाई हटाउन सकिदैन । त्यो बिषादी मानब शरीरका लागि घातक बीष नै हो ।
रासायनिक बिषादीहरूको प्रयोग र त्यसले पुग्ने माटो, पर्यावरण र मानब स्वास्थमाथिको घातक असरको कुरा गर्दा भारतकै बढी उदाहरण किन दिइएको हो भने हामी भारत निर्भर छौ र खाद्यान्न, तरकारी, फलफूल, दूग्धजन्य पदार्थ जस्ता कृषिजन्य प्रााय कुराहरू प्राय सबै भारतबाट नै नेपालमा आउँछन् । त्यसैले हामी समयै सचेत र साबधान नहुने हो भने रोग निम्त्याउने र जीवन समाप्त पार्ने कुरा सामान्य हुन जान्छ । के सिद्ध बिश्व भरी नै भइसकेको छ भने रैथाने र पारम्परिक किसिमले खेती तथा आफ्नै स्वदेशी बीउ बिजन र तिनको रक्षा गर्ने उपायहरू नै बिषादीहरूको असरबाट हाम्रा बालीनाली, स्वास्थ्य र पर्यावरण बचाउन सक्षम र उपयोगी छन् । तर गलत बानी पनि लागि सकेको छ । कीटनाशक बिषादीहरूको बजाार पनि ठूलो र फैलिएको छ । त्यसैले यस गम्भीर चूनौतिको सामना गर्न निकै कठिन छ । तथापि मानिसको स्वास्थ्य, अन्न पात, फलफूल, सागपातहरूको स्वाभाविक पौष्टिकता अनि जमिनको उर्वरता तथा पानीको अमरत्वलाई कायम राख्न रासायनिक कीट नाशकहरूमाथि नियन्त्रण निर्मूलन गर्नको अब कुनै विकल्प छैन । यसमा राज्य, सरकार र सरोकारवाला सबैको समयमै गम्भीर ध्यान गएन भने पछुताउनु र अलाप बिलाप गर्नु बाहेक अरू कुनै विकल्प बाँकी बच्दैन ।
प्रतिक्रिया