काठमाडौं । रिजन नेपालको प्रस्तुती र पछिल्लो समय चर्चामा आएकी नवगायिका सिम्रन परियारको एकल आवाजमा ‘नढाँटे मायाले’ बोलको नयाँ गीत बजारमा आएको छ ।
त्यसैगरी उक्त गीतमा करण न्यौपानेको शब्द रहेको छ भने नेत्र भण्डारीले संगीत दिएका छन् । राजकुमार मगरको निर्देशन र सम्पादन गरेको गीतको भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् ।
उक्त भिडियोमा रेनुका खड्का र आशिष ओलीको अभिनय रहेको छ । यस गीतलाई रिजन नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको भिडियो सार्वजनिकको क्रममा आफैंमा गायकसमेत रहेका नेत्र भण्डारीले नयाँ गायिकाको सहकार्यमा केही फरकपनको मौलिक गीत बजारमा ल्याएको बताए । साथै, भण्डारीले यसभन्दा पहिले आफ्नै आवाजमा दर्जनौँ गीतहरु बजारमा ल्याएर धेरै गीतहरुले चर्चा पाएको सुनाए ।
प्रतिक्रिया