प्रकाश सपुतले ल्याए ‘दमाई महाराज’ (भिडियाे)

काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतले नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक गरेका छन् । गीतमात्र नभएर एउटा कथासहितको भिडियाे यूट्युबबाट सार्वजनिक भएकाे हाे ।

‘बोलमाया’ र ‘गलबन्दी’ को सिक्वेलका रुपमा सपुतले यो भिडिओ ल्याएका हुन् । यद्यपि, भिडिओको कथावस्तु र गीतको धार नितान्त फरक छ । सपुतले धर्मलाई केन्द्रमा राखेर भिडिओको निर्माण गरेका छन्, जसमा जातीय भेदभावको परम्परामाथि प्रहार गरिएको छ ।

सपुत एउटा पुराणवाचक पण्डितको भेषमा देखिएका छन् । मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको एउटा सप्ताहमा उनी पुराण भन्न आउँछन् । सप्ताहकै सेटभित्र सबै दृश्य खिचिएको छ । भिडिओको कथालाई बोलमायाको कथासँग जोडेर जातीय छुवाछूतको मुद्दालाई उठान गरिएको छ ।

विगतका भिडियाेमा जस्तै सपुतले यसको पनि मेकिङमा निकै खर्च र मेहनत गरेका छन् । गीतका शब्दहरु सपुत आफैंले लेखेका हुन् भने संगीत पनि उनकै हो । गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छन् ।

भिडियाेको कथा र निर्देशन पनि सपुतकै रहेको छ । भिडिओमा मोडलद्वय गरिमा शर्मा र गीता ढुंगाना देख्छन सकिन्छ ।

प्रतिक्रिया