मदनकृष्ण श्रेष्ठ र तृप्ती खड्काको आवाजमा ‘लुकी छिपी’ (भिडियोसहित)

काठमाडौं । वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका तृप्ती खड्का गुरुङको युगल आवाजमा ‘लुकी छिपी’ नामक गीत र भिडियो सार्वजनिक भएको छ । माया प्रेमको भाव प्रकट गरिएको गीतमा हरि उप्रेतीको शब्द रचना रहेको छ भने संगीत गायिका तृप्ती आफैंले भरेकी छन् ।

त्यस्तै, उक्त गीतको भिडियोमा मोडल विजय गुरुङ र स्मारीका ढकालले अभिनय गरेका छन् । साथै, भिडियोमा केही कमेडी पनि देख्न सकिन्छ । कमेडीमा गोपाल पौडेलले रमाइलो गराएका छन् । मोडल विजय गुरुङले नै निर्देशन गरेको उक्त भिडियोलाई प्रकाश खड्काको टिमले खिचेको हो ।

शब्द रचनाकार हरि उप्रेतीको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । यसभन्दा पहिले पनि विभिन्न गीत बजारमा ल्याएर चर्चा कमाएकी गायिका तृप्ती खड्काले यस पटक फरक धारको गीत दर्शक स्रोता माझ प्रस्तुत गरेको बताइन् ।

वरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठसँग सहकार्य गरेर बजारमा ल्याएको यस फरक र मौलिकपनको गीतले पनि पहिलेका गीतले जस्तै चर्चा पाउने विश्वास लिएको उनको भनाइ छ ।

‘वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आफैमा देशदेखि विदेससम्म पहिचान बनाउनुभएको व्यक्ति हुनुहुन्छ’, गायिका तृप्तीले भनिन्, ‘यसपाली उहाँसँगको सहकार्यले गीत र भिडियो दुवैमा मिठासपन र मौकिता समावेश छन् ।’

प्रतिक्रिया