बजेट तीन जील्लामा केन्द्रित भयो भन्ने सुनियाे : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समजवादी) काअध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोटकेन्द्रित गरेको भन्दै आधर खोज्ने बताएका छन् । आज (बुधबार) अस्ट्रेलियाबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस विषयको कुनै आधर हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष नेपालले नेपाल भारतको प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर चर्चाके विषय बनेको बताए। उनले भने, ‘बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ । यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ,’ उनले भने ।

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरुसँग भेट गरेको बताए ।

प्रतिक्रिया