पहिचानवादीसँग वार्ता गर्न कोसी प्रदेश सरकारले बनायाे समिति

काठमाडाैं । पहिचानवादीसँग वार्ता गर्न कोसी प्रदेश सरकारले समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका खानेपानी सिचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।

समितिमा कृषि तथा भौतिक योजनामन्त्री भक्ति सिटौला र समाजिक तथा पर्यटनमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् । प्रदेशसभाबाट गत १७ गते प्रदेश नं. १ को नाम कोसी नामकरण गरेपछि पहिचान पक्षधर त्यसको विरोधमा आन्दोलनमा छन् ।

प्रतिक्रिया