मोदीसँग सीमा समस्या समाधानबारे खुलस्त कुरा भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको समस्या समाधान गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सीमा समस्या समाधान छिटो गर्न मोदी तत्पर रहेको बताएका हुन् । ‘सीमाको समस्या छ । यसको समाधान गर्न मोदी सहमत हुनुहुन्छ,’ उनले भने, ‘छिट्टै काम अघि बढ्छ ।’ 

प्रधानमन्त्री प्रचण्डले जमिन सट्टापट्टाबारे कुनै कुरा नभएको बताए । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएको विषयलाई पनि मोदीसँगको भेटमा कुराकानी भएको बताए । 

प्रतिक्रिया