‘ए’ डिभिजन लिग : आर्मीले जित्योे, थ्री स्टार र एपीएफ बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । शनिबार च्यासलस्थित मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ ले हरायो । खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । २९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ६३औँ मिनेटमा दिपेन्कले पेनाल्टीमार्फत गोल गरेपछि सातदोबाटो विजयी भयो । जितसँगै सातदोबाटोले २४ खेलबाट ३२ अंक जोडेको छ । समान खेलबाट आर्मीको ३० अंक छ ।

थ्री स्टार र एपीएफले अंक बाँडे

शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टारका लागि सुनील तामाङ र एपीएफका मणिकुमार लामाले एक/एक गोल गरे ।

खेलको २३औँ मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । ८६औँ मिनेटमा ‘सब्सिच्युड’ खेलाडी सुनीलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै एपीएफले २४ खेलबाट ३० अंक जोडेको छ । समान खेलबाट थ्री स्टारको २८ अंक छ ।

प्रतिक्रिया