अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ : सभापति देउवा

गोदावरी । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले हालसम्म निर्वाचन वर्ष रहेको र अबको वर्ष कांग्रेस पार्टीको संगठन निर्माण र सुदृढीकरणको वर्ष हुने बताएका छन् ।

नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले कसैले कसैलाई गाली गर्नुभन्दा जनतासँग काँधमा काँध मिलाएर पार्टी विस्तारमा सबै एक जुट भई अगाडि बढ्नुपर्ने बताए ।

सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने बताए । ‘अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ, सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न म आग्रह गर्छु’, उनले भने ।

प्रतिक्रिया