गुञ्जिए कालीप्रसाद

काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा र उनको साथीभाई ब्याण्ड किङ्ग्स लाउन्ज पोखरामा गुञ्जिएको छ । लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीप्रसादले आफ्ना पुरानादेखि नयाँ गीत गाएका थिए ।

पिभिई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा गायक कालीप्रसादले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन प¥यो’, ‘लप्पन छप्पन’ र ‘पारी त्यो डाँडामाथि’ लगायतका गीत सुनाएका थिए । लाउन्जले वार्षिकोत्सवमा उनको कार्यक्रम हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज हाउसफूल भएको थियो ।
काली नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अस्ट्रेलियामा सांगीतिक भ्रमणको तयारी गरिरहेका छन् । लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौतीका बाबजुद पनि लाउन्जले चार वर्ष पूरा गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा चार वर्षदेखि लाउन्जमा निरन्तर खटिरहेका कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया