आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कर्मचारीको मनपरी

बझाङ । बझाङको थलारा गाँउपालिका– १ मा रहेको आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत कर्मचारीहरु मनपरी ढंगले चल्ने गरेका छन् ।

आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत कर्मचारीहरु आफ्नो मनोमानी तरिकाले चल्ने गरेका कारण आधारभूत स्वास्थ्य इकाई केन्द्र नै बदनाम हुँदै गएको स्थानीयहरुले गुनासो गरेका छन् ।

त्यहाँका स्थानीहरु भन्छन्, ‘आधारभूत स्वास्थ्य इकाई केन्द्रमा जति पनि औषधि हुनुपर्ने हो त्यो भएको छैन, कार्यालयमा कार्यरत कर्मचारीहरु स्वास्थ्य इकाई केन्द्रमा भएका सामानहरु नै घर लैजाने गरेका छन्, प्रायः कर्मचारीहरु कार्यालयमा पनि उपस्थित हुँदैनन्, उपस्थित भइहाले पनि कार्यालय नै बन्द गरेर हिँड्ने गर्छन् ।

स्थानीयहरुले कर्मचारीको मनपरीका कारण बिरामीहरु मर्कामा परेको र स्वास्थ्य इकाईको बदनाम समेत भएको आरोप लगाएका छन् ।

उता आधारभूत स्वास्थ्य इकाई केन्द्रका प्रमुख महेश भट्टले भने जिल्लाबाट औषधि नल्याउने गरेको र पालिकाबाट आउने औषधि स्वास्थ्य संस्थामा भएको केही दिन अगाडि गाउँकै एक जनाले आफू कार्यालयमा नभएको बेला स्वास्थ्य संस्थाबारे भिडियो बनाएको स्वीकार गर्दै आगामी दिनहरू यस्तो नहुने भन्दै समचार नलेख्न आग्रह गरेका छन् ।

स्वास्थ्य संस्थाबारे गाँउका एक जनाले आवाज उठाउँदा उक्त स्वास्थ्य केन्द्रका प्रमुख महेश भट्टले लेखेको फेसबुक स्टाटस

प्रतिक्रिया