जनकपुरधाममा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

धनुषा । जनकपुरधाम उपमहानगरपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारणसम्बन्धी कार्यक्रमअन्तर्गत हात्तीपाइले बिरुद्धको औषधि दिइने भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने हात्तीपाइले रोग न्यून पार्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले यो अभियान चलाउन लागेको हो । स्थानीय तह स्तरीय योजनाअन्तर्गत वैशाख १६ देखि ३० गतेसम्म जनकपुरधामको प्रत्येक वडामा हात्तीपाइले रोग विरुद्धको औषधि दिइनेछ ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न उपमहानगरमा बसोबास गर्ने सबैलाई जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले आग्रह गरे । तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेवकहरूले संस्था, विद्यालय तथा घरदैलोमा गई निःशुल्क रूपमा औषधि वितरण गर्ने जानकारी उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख नविन झाले दिए ।

हात्तीपाइले शारीरिक रूपमा असक्त, असमर्थ तथा अपांगता बनाउने एक सरुवा रोग भएकोले औषधि सेवन गर्नु नै यो रोगबाट बच्ने तथा बचाउने उपाय रहेको उनले ध्यानाकर्षण गराए । कार्यक्रममा समाजिक विकास समितिका अध्यक्ष मिथिलेश कर्ण, औषधि व्यवसायी संघ जनकपुरधामका अध्यक्ष प्रमोद अग्रवाल प्रमोद अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया