संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्नुपर्छ : उपसभामुख रानामगर

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन् ।

शनिबार राजधानीमा एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी हुन् ।

सो अवसरमा बेल्दै उनले महिला सांसदहरूका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताइन् ।

उपसभामुख रानामगरले सबै विद्यालयहरुमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटक–पटक आग्रह गरिन् ।

आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाइ थियो । उपसभामुख रानाले महिलाहरूको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गरिन् ।

एक्सपोज नेपालले हरेक वर्ष २८ मेका दिन राष्ट्रिय महिनावारी दिवस मनाउँदै आइरहेको छ । एक्सपोज नेपालले सन २०१५ देखि निरन्तर महिला हिंसा, यौन हिंसा, यौनिकता र महिनावारीलगायतका काममा सकृय रहँदै आएको छ ।

उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट आयोजना गरिएको साईकल र्यालीमा भक्तपुर साईकल कनेक्ट, काठमाडौं कोरालगायतका टिम गरी कुल तीन सय ५७ साईकलयात्री सहभागी भएका छन् ।

प्रतिक्रिया