कर्जाको माग सुस्त

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर क्रमशः घट्दै जाने बताएपनि अझै ब्याजदर घट्न सकेको छैन् । सोही कारण बजारमा कर्जाको माग आउन नसकेको हो । कर्जा लगानी नभए पछि बैंकहरुमा लगानी योग्य रकम (तरलता) बढेको छ ।
पुसमा ८.५१ प्रतिशत रहेको निक्षेपको ब्याजदर क्रमशः घटाउँदै चैतमा ८.२६ प्रतिशत बनाइएको थियो । पुसमा १२.७९ प्रतिशत रहेको कर्जाको ब्याजदर माघमा बढाएर बैंकहरूले १३.०३ प्रतिशतमा पु¥याएका थिए । फागुनमा कर्जाको ब्याजदर स्थिर रहेकामा चैतमा भने झिनो अंकले घटेको थियो । जसअनुसार चैतदेखि कर्जाको ब्याजदर १२.ं८४ प्रतिशत छ ।

पछिल्लो समय बैंकमा २ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । बैंकहरूको कर्जा निक्षेप अनुपात ८४.८७ प्रतिशतमा झरिसकेको छ । यो कर्जा दिनका लागि सहज अवस्था हो । बैंकमा लगानीयोग्य रकम बढ्दै गए पनि कर्जाको माग हुन नसक्दा लगानी बढेको छैन ।

नेपाल बैंकर्स संघका अनुसार, चालू आवमा ३ खर्ब रुपैयाँले निक्षेप बढ्दा कर्जा भने १ खर्ब २४ अर्ब रुपैयाँ हाराहारीमा मात्रै बढेको छ । कर्जा माग हुन नसक्दा बजार सुस्त बनेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आगामी असारदेखि नै ब्याजदर क्रमशः घट्दै जाने बताएका छन् । केन्द्रीय बैंकको स्प्रेडदर घटाउनुपर्ने व्यवस्थाले पनि कर्जाको ब्याजदर साउनमा घट्न सक्ने आकलन गरिएको छ ।

असार महिनापछि बैंकहरूले स्प्रेड दर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा ल्याउनुपर्छ । यसले पनि कर्जाको केही ब्याजदर घटाउँन सहयोग पुग्ने बैकर्सहरुको भनाइ छ । अहिले नै कर्जाको ब्याजदर घटेको नदेखिए पनि क्रमशः घट्दै जाँदा कोरोना महामारीको समयभन्दा केही अगाडिको अवस्थामा पुग्न सक्ने ती बैकर्सहरुको आकलन छ ।

जेठ महिनामै कर्जाको ब्याजदर घटाउनुपर्नेमा घटेको छैन् । बैंकहरूले जेठ १ देखि कर्जाको ब्याजदर घटाउँनु पर्नेमा त्यस्तो गर्न सकेका छैनन् । जेठमा कर्जाको ब्याजदर वैशाखको भन्दा केही विन्दुले घट्ने यो भन्दा अघि नै बैकर्स संघले पत्रकार सम्मेलन मार्फत बताएको हो ।

प्रतिक्रिया