हिम पहिरोमा परि एकको मृत्यु, दुई बेपत्ता

बझाङ । जिल्लामा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छने भने दुई जना घाइते भएका छन् । आइतबार बिहान बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको धानसेरी भन्ने ठाउँमा हिमपहिरोमा परी मृत्यु हुनेमा बझाङ जिल्लाको सुर्मा गाउँपालिका–३ काटैकी ३८ वर्षीया रामकला बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार बेपत्ता अन्य दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका र घटनास्थलतर्र्फ प्रहरी खटी गएको घटना भएको ठाउँसम्म पुग्न दुई दिन लाग्ने भएकाले अलि समस्या भएको समेत बताए । मृत्यु भएकी बोहराको लास सदरमुकाम चैनपुरमा ल्याइँदै छ भने अन्यको स्थानीयद्वारा खोजी कार्य जारी रहेको छ । बझाङ जिल्लामा वैशाखदेखि यार्सा टिप्ने सिजन भएकाले जिल्लाको उत्तरी क्षेत्रका स्कुलहरू बन्द गरेर सबै यार्सा टिप्न लेकतिर जाने गरेका छन् ।

छोटो समयमा राम्रो आम्दानी हुने भएकाले जीवन नै जोखिममा राखेर वर्षेनि स्थानीयहरू यार्सा संकलन गर्न जाने गरेका छन् । हिमालमा यार्सा संकलन गर्दा जोखिम न्यूनीकरण गर्न कुनै पनि चेतनामूलक तथा सुरक्षासम्बन्धी जानकारी नहुँदा बर्सेनि हिमालमा ज्यान फाल्नुपर्ने स्थानीयको बाध्यताको अन्त्य हुन सकेको छैन । गएको वैशाखमा मात्र थप एक जनाको हिम पहिरोमा परि मृत्यु भएको थियो ।

प्रतिक्रिया