बझाङ हिमपहिरोमा बेपत्तामध्ये दुई महिला मृत भेटिए

बझाङ । बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा हिमपहिरोमा परेर बेपत्तामध्ये दुईजना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीकाे शव फेला परेकाे हाे । उनीहरुको शव स्थानीयले भेट्टाएको प्रहरीले जनाएको छ । हिमपहिरोमा बेपत्ता जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया